Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२ लाख २५ हजारका लागि १२१ स्क्रिप्ट प्रतिष्पर्धामा

फिल्मीखबर, काठमाण्डौ, 2013/08/16

गत बर्ष देखि शुरू भएको स्क्रिप्ट लेखन प्रतियोगिताको दोस्रो संस्करण अर्न्तगत आयोजक संस्था न्यू नेपाली सिनेमालाई १२१ स्क्रिप्ट प्राप्त भएको छ । यिनै १२१ स्क्रिप्ट नगद रू २ लाख २५ हजारका लागि प्रतिष्पर्धा गर्नेछन् ।

 

अनुप बराल, अबिनाश बिक्रम शाह, सुवास कोईराला, आसिफ शाह र अर्जुन सुवेदीको निर्णायक मण्डलीले प्रतियोगिताको पहिलो चरण अर्न्तगत १२१ स्क्रिप्ट मध्येबाट १५ स्क्रिप्ट अन्तिम प्रतिष्पर्धाका लागि छान्ने छन् । छानिएका १५ स्क्रिप्टका राईटरलाई ४ महिनाको समयावधी दिईने छ, जसमा उनीहरूले पूर्ण स्क्रिप्ट तयार गरि बुझाउनु पर्ने हुन्छ । उत्कृष्ट १५ स्क्रिप्ट आउँदो सेप्टेम्बर १ तारिखका दिन सार्वजनिक गरिने बताईएको छ ।

 

यस स्क्रिप्ट लेखन प्रतियोगितामा बिभिन्न तह तप्काका प्रतिष्पर्धीहरूले भाग लिएका छन् । प्रतियोगितामा यसअघि केहि फिल्म लेखिसकेका स्क्रिप्ट राईटरहरू पनि सहभागी छन् । नेपाली फिल्म क्षेत्रमा स्क्रिप्टको कमजोरी सबैभन्दा नाजुक छ । यस किसिमको स्क्रिप्ट लेखन प्रतियोगिताले स्क्रिप्टको गुणस्तरमा बृद्दि हुने विश्वास आयोजक न्यू नेपाली सिनेमाले लिएको छ ।