निर्माता माधव वाग्ले, संगीतकार विकास चौधरी, प्ले ब्याक सिङगर दिपक लिम्बु र रजिना रिमाल तथा फेसन स्टाइलिस्ट निलिमा शर्मालाई 'नेपाल सम्मान २०७०'बाट सम्मानित गरिएको छ ।
सगरमाथा प्रतिष्ठान नेपालले पाँच फिल्मकर्मी सहित आफ्नो क्षेत्रमा ख्याति कमाएका अन्य विभिन्न व्यक्तिहरूलाई पनि सम्मान गरेको हो । संस्कृति तथा पर्यटन मन्त्री राजकुमार श्रेष्ठले सम्मानित व्यक्तिहरूलाई सम्मान पत्र हस्तान्तरण गरे । सम्मानका लागि सगरमाथा प्रतिष्ठान नेपालले जमल स्थित नाचघरमा एक औपचारिक कार्यक्रम आयोजना गरेको थियो । संस्कृती मन्त्री प्रमुख अतिथि रहेको कार्यक्रममा राष्ट्रकवि माधव प्रसाद घिमिरे विशिष्ट अतिथिको रुपमा उपस्थित थिए ।
'नेपाल सम्मान २०७०'बाट सम्मानित निर्माता वाग्लले फस्ट लभ, लुट र छड्के जस्ता फिल्म निर्माण गरेका छन् । युवापुस्तालाई हलसम्म तान्न यि फिल्मले महत्वपूर्ण भुमिका खेलेको हुनाले पनि वाग्लेलाई सम्मानित गरिएको आयोजकको भनाई छ । त्यस्तै पार्श्व गायनमा दिपक लिम्बु र रजिना रिमालको स्वरलाई पछिल्लो अत्याधिक रुचाइएको छ । दिपक र रजिना नेपाली सुगम संगीतमा अत्याधिक व्यस्त छन् ।
(1).jpg)
संगीतकार विकास चौधरी पनि नेपाली सुगम संगीतमा राम्रो गर्दा गर्दै उचाई लिन नसकेका संगीतकार हुन् । त्यस्तै नेपाली फिल्म फाँटमा फेसन स्टाइलिस्ट निलिमा शर्मा पनि चर्चा योग्य नाम हो । निलिमाले फिल्म फिचर के यो माया हो, फेसबुक, भिजिलान्ते, बितेका पल, देश खोज्दै जाँदा, कबड्डी जस्ता फिल्ममा कस्ट्युम डिजाइनरको रुपमा काम गरिसकेकी छिन् । उनी हाल फ्लोरमा जाने तयारीमा रहेको निश्चल बस्नेतको प्रोजेक्ट टलक जंग भर्सेस टुल्के र सुरज सुब्बा नाल्बोको वन वेमा व्यस्त छिन् ।
(1).jpg)
आफ्नो क्षेत्रमा ख्याती कमाउने उद्धेश्य लिएर अगाडी बढिरहेका 'नेपाल सम्मान २०७०'बाट सम्मानित सम्पूर्ण फिल्मकर्मीलाई फिल्मीखबर हार्दिक बधाई ज्ञापन गर्दछ ।

