Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नजिकका साथीसँग मनिषाको जन्मदिन

फिल्मीखबर, काठमाण्डौ, 2013/08/16

अभिनेत्री मनिषा कोइरालाले आफ्नो ४३ औं जन्मदिन मुम्बई शहरमा नजिकका साथीसँग मनाउनेछिन् । भाई सिद्धार्थ गौतम भन्छन्- 'दिदीले आज आफ्ना नजिकका साथीसँगै डिनर गर्नुहुनेछ ।' तर, मनिषाको डिनर पार्टीमा बलिउड सेलिब्रेटी सहभागी हुने नहुने बारे आफु बेखबर रहेको सिद्धार्थले बताएका छन् ।

 

बलिउड फिल्म नगरीमा एक समयकी हिट अभिनेत्री कोइराला सन् १९७० मा काठमाण्डौ शहरमा जन्मिएकी हुन् । मनिषाको पारिवारिक पृष्ठभुमी नेपाली काँग्रेस पार्टीसँग जोडिएको छ । चिकित्सक बनाउने परिवारको लक्ष्य विपरीत मनिषाले नेपाली फिचर फिल्म 'फेरी भेटौला' खेलिन् । त्यसपछि उनी बलिउड फिल्म नगरीमा जम्ने संघर्ष लिएर मुम्बई पुगिन् । सन् १९९१ को 'सौदागर' अभिनयबाट मनिषा बलिउड फिल्म नगरीमा हिट बन्न पुगिन् ।

 

लगत्तै मनिषाले फिल्म लभ स्टोरी, अकेले तुम अकेले हम, अग्नि साक्षी, खामोशी, गुप्त, दिल से जस्ता फिल्ममा अभिनय गरिन् । यी फिल्मले मनिषालाई बलिउड नगरी स्थापित अभिनेत्रीको दर्जा दिलायो । तेलुगु, मलायलम र तमिल भाषामा समेत अभिनय गरेकी मनिषाको पछिल्लो पटक भने भूत रिटन्र्स रिलिजमा आएको थियो । उनले पछिल्लो नेपाली फिल्म धर्मा सहित ७० भन्दा बढी बलिउड फिल्ममा अभिनय गरेकी छिन् ।

 

मनिषाको बैवाहिक जीवन भने सफल हुन सकेन । सन् २०१०मा व्यवसायी सम्राट दाहालसँग मनिषाको बिहे भएको थियो । आफु भन्दा कान्छा उमेरका सम्राटसँग मनिषाको बैवाहिक सम्बन्ध दुई बर्ष पनि टिकेन । पछिल्लो समय पाठेघरको क्यान्सरको शिकार बनेकी मनिषाले क्यान्सरबाट बच्ने अभियानको समेत सुरुवात गरेकी छिन् । हाल आमासँग मुम्बईमा रहेकी मनिषालाई जन्मदिनको शुभकामना !