अभिनेत्री करिश्मा मानन्धरको सुन्दरतालाई उमेरको पावन्दीले खासै असर गरे जस्तो लाग्दैन । उनको सुन्दरतालाई लिएर फिल्मकर्मी भन्छन्- 'ढल्कदो उमेरमा करिश्माको सुन्दरता मौलाउँदो छ ।'

हुन त पाउडर र वन पिस पोशाकले पनि करिश्माको सौन्दर्यलाई मलजल गर्यो भन्नेको पनि कमी छैन, रजतपटमा । तर, अभिनेत्री मानन्धर भने आफ्नो सौन्दर्यको एउटै राज सकारात्मक सोच र नियमित कसरत रहेको बताउँछिन् । अभिनयमा त्यती सक्रिय नरहेकी करिश्मा सुन्दरताकै कारण मिडिया मसला बनिरहन्छिन् । सार्वजनिक कार्यक्रममा करिश्मा फोटो पत्रकारको पहिलो रोजाइमा पर्न आउँछिन् ।

फिल्म मेघाको म्युजिक लञ्च समारोहमा पनि करिश्मा फोटो पत्रकारको क्यामेरामा राम्रैसँग कैद भइन् । उनी त्यहाँ गेस्ट बनेर पुगेकी थिइन् । आकर्षक पहिरनमा सजिएकी करिश्मालाई कसैले भनेनन्, 'तिमी बुढी भयौ' । दुई दशक नजिक पुग्न लागेकी छोरी (कविता)की आमा करिश्मा साँच्चै सुन्दर देखिएकी थिइन् । करिश्मा उमेरले चालिस बर्ष माथि छिन् ।

करिश्माको सदावहार सुन्दरतालाई क्लिक गर्न फिल्मीखबरले तस्बिरको लागी आग्रह गरेको थियो । फिल्मीखबरको आग्रहलाई सहर्ष स्विकार गरेकी करिश्मा तस्बिर खिचाउन तयार भइन् । क्यामेरा अगाडी निकै खुलेकी करिश्मा भन्दै थिइन्- 'मैले पोज नै बिर्सेछु ।' नेक्स्ट पोज प्लिज भन्दै क्यामेरा क्लिक गरिरहेका फोटोग्राफरलाई करिश्माले हाँस्दै जवाफ फर्काइन्- 'खै कसरी दिने क्यामेरा अगाडी पोज ?'

