Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

गैंडाको अभियान : `मेरो सिङ औषधी हैन`

फिल्मीखबर, काठमाण्डौ, 2013/08/16

चर्चित हाँस्य टेलिफिल्म 'तितो सत्य'बाट गैंडा उपनाम पाएका कलाकार तथा निर्माता निर्मल शर्मा (गैंडा) अस्तित्व संकटमा रहेको एक सिंगे गैंडाको संरक्षणमा लागेका छन् । सेभ द राइनो फाउन्डेसन नेपालले गैंडा संरक्षणका लागि सदभावना दूत बनाएकाले निर्मलले `मेरो सिङ औषधी हैन` भन्ने अभियान चलाएका छन् ।

 

बिहिबार राजधानीमा आयोजना भएको एक कार्यक्रममा उपस्थित गैंडाले आफूले लगाएको टिसर्ट देखाउँदै भने- 'एउटा सचेत नागरिक भएको नाताले गैंडाको संरक्षण अभियानमा लागेको छु ।' 'गैंडा' उपनाम पाएपछि अझ गैंडाको संरक्षण गर्न थप कर्तव्यबोध गराएको उनको भनाई छ । 'म गर्व गर्छु गैंडाको नामले गैंडाको संरक्षण गर्न पाउँदा,' निर्मलले भने ।

 



 

करिब ४ महिना अगाडी चितवनमा भोलुन्टिएरको रूपमा गैंडा संरक्षणका लागि जनचेतना जगाउन सदभावना दूत बनाएको जानकारी गराउँदै निर्मलले थपे- 'मेरो उपस्थितीले गैंडा संरक्षणमा जनचेतना हुन मद्दत पुग्छ भने जुनसुकै बेला नि:शुल्क यो अभियानमा लाग्न तयार हुनेछु ।' स्वच्छ मनले गैंडा बचाउ अभियानमा लागिरहने निर्मल बताउँछन् ।

 

दिपकराज गिरी निर्देशित टेलिफिल्म 'तितो सत्य'ले पनि गैंडा संरक्षणका बारेमा केहि एपिसोड बनाएको थियो । 'हाम्रो कार्यक्रमले पनि गैंडा संरक्षणमा ठूलो प्रभाव पारेको प्रतिक्रिया आएको थियो,' निर्मल बताउँछन् ।