Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सेफ ल्याण्डिङ प्रोमो : यसरी हुँदैछ झरनाको कमव्याक

फिल्मीखबर, काठमाण्डौ, 2013/08/16

झरना बज्राचार्य र निरज बराल अभिनित प्रतिक्षित फिल्म 'सेफ ल्याण्डिङ'को अफिसियल ट्रेलर फिल्मीखबर मार्फत सार्वजनिक गरिएको छ । लामो समय पछि झरनाको यो फिल्मबाट कमव्याक हुँदैछ ।


 मलेसियन नागरिक सन्दिप जोसेपले निर्देशन गरेको फिल्म 'सेफ ल्याण्डिङ'मा कुसुमे रूमाल-२ डेब्यू हिरो निरजलाई नेगेटिभ भुमिकामा देख्न सकिन्छ भने झरनाको पनि फिल्ममा दमदार सस्पेन्स रोल रहेको बताईएको छ । अष्ट्रेलियन एनआरएन बसन्त भण्डारीको साथमा मलेसियन नागरिक राहुल अग्रवालको लगानी रहेको यो फिल्मको रिलिज मिति भने तय गरिएको छैन ।


निरज र झरनाको साथमा सुशिलराज पाण्डे, सुमिना घिमिरे, शिखा शाही, बिएस राणा, रवि गिरी लगायतको अभिनय रहेको यो ग्याङ्स्टार फिल्मबाट नायक बरालले निकै आश राखेका छन् । यसअघिका फिल्मबाट खासै राम्रो प्रतिक्रिया पाउन नसकेका निरजले सेफ ल्याण्डिङले आफ्नो करियरलाई पनि सेफ ल्याण्ड गर्ने आश राखेको बताए । प्रोमोमा देखाईए अनुरूप झरनाको बोल्ड क्यारेक्टरले उनलाई पुन: यो क्षेत्रमा कमव्याक गराउन सक्ने अनुमान लगाउन सकिन्छ । झरना कोहि मेरो फिल्म पश्चात रजतपटबाट टाढिएकी थिईन् ।

 


सम्पादक दिर्घ खड्काले तयार पारेको प्रस्तुत प्रोमोले निर्माता सहित कलाकारलाई सेफ ल्याण्ड गराउने बाटो कोर्छ या कोर्दैन ? प्रतिक्षाको बिषय हुनेछ । फिल्ममा राजन इशानको संगीत, जोन ज्याकोभको छायाँकन तथा हिमाल केसीको द्धन्दनिर्देशन रहेको छ । नो वरिज फिल्म्सको व्यानरमा निर्माण गरिएको यो फिल्मको कथा निर्देशक जोसेप र शान बस्न्यातले तयार पारेका हुन् । फिल्म ड्रग्स माफियाको कथामा आधारित छ ।