अधिकांश फिल्ममा रोमान्टिक हिरो भएर देखिएका अभिनेता भुवन केसीलाई सलोन फिल्मले बिहिबार 'रोमान्स किङ'को उपमा दिएको छ । निर्देशक सोभित बस्नेतले भुवन अधिकांश फिल्ममा रोमान्टिक हिरो भएर दर्शकलाई सफल फिल्म दिएकाले 'रोमान्स किङ'को उपमा दिएको बताए ।
.jpg)
फिल्म 'एउटा साथी'को मुहुर्त समारोहमा उपस्थित भएका अभिनेता केसीलाई फिल्म 'एउटा साथी'को मुहुर्त समारोहमा उपस्थित भएका अभिनेता केसीले आफूलाई रोमान्स किङको उपाधी भारी हुन नदिन आगामी दिनमा पनि रोमान्टिक फिल्म मात्रै खेल्ने र बनाउने बताए । 'यो उपाधीले मलाई अझै जिम्वेवारी सँगै चुनौती पनि थपिदिएको छ,' भुवनले भने । फिल्ममा मात्र हैन रियल लाईफमा समेत भुवनलाई रोमाण्टिक व्यक्तित्वको रूपमा चिन्ने गरिन्छ ।

'रोमान्स किङ'को उपाधी पाएपछि दंग परेका भुवनले आगामी दिनमा स्लमडग मिलिनियर जस्तो फिल्म बनाउने बताए । अभिनेता राजेश हमाललाई दिईएको महानायको उपाधी प्रति व्यङ्ग्य गर्दै भुवनले भने- 'फ्ल्प फिल्ममा अभिनय गरेर हिट हिरो बन्नु छैन मलाई । त्यसैले हिजोका दिनमा जस्तै भोलीका दिनमा पनि हिट फिल्म निर्माण गर्ने छु ।' भुवनले राजेशलाई दिईएको महानायकको उपाधीका बारेमा असन्तुष्ती जनाउँदै आएका छन् ।

