Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

खुल्यो मेघाको म्युजिक (फोटोफिचर सहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/08/15

सम्झना रौनियार उप्रेती निर्देशित फिल्म मेघाको म्यूजिक लञ्च गरिएको छ । थ्रीलर लभ स्टोरी फिल्म मेघामा ७ गीत समावेश छन् । यी सबै गीत वरिष्ठ संगीतकार तथा गायक स्वर्गिय गोपाल योञ्जनका रि-रेकर्ड हुन् । रि-रेकर्ड गरिएका मध्ये एउटा गीत भने फ्रेस छ । सबै गीतमा कमल राईले करियोग्राफी गरेका छन् भने क्यामेरा रामशरण उप्रेतीको छ ।


मेघा युनिटले नयाँ वानेश्वर स्थित अल्फा विटा हाउसमा एक औपचारिक कार्यक्रम आयोजना गरेको थियो । गायक रविन शर्माद्धारा सञ्चालित कार्यक्रममा रिन्छेन योञ्जनले पति गोपाल योञ्जनको ३५ वर्षे साँगेतिक यात्रालाई संक्षिप्त स्मरण गराइन् ।  त्यस्तै डा.विश्वम्वर प्याकुरेलले मेघामा समावेश गीतको संक्षिप्त समिक्षा गरे । त्यस्तै अभिनेत्री नम्रता श्रेष्ठले मेघा फिल्म वर्तमान महिलाको स्थिति माथि निर्माण भएको बताइन् ।

 

मेघामा नम्रताको अपोजिटमा मनिषा कोइरालाका भाई सिद्धार्थ कोइराला र रेमनदास श्रेष्ठ छन् । कार्यक्रममा सिद्धार्थको उपस्थित थियो । रेमन भने म्युजिक कन्सर्ट लिएर भ्याली बाहिर गएकाले कार्यक्रममा आएनन् । नम्रताले कवितामा नृत्य पनि प्रस्तुत गरेकी थिइन् । यस्तै कार्यक्रममा मनोजराज सेवा, दिपक लिम्बु र बानिका प्रधानले फिल्मका गीत गाएर सुनाए ।

 

निर्देशक रौनियारले मेघा निर्माण युनिटलाई धन्यावाद ज्ञापन गरिन् । निर्देशक रौनियारले मेघा सम्बन्धको कथा बोकेको फिल्म रहेको बताइन् । गीतसँगै प्रोमो रिलिज गरिएको कार्यक्रममा सिएनन हिरो (माईती नेपाल अध्यक्ष) अनुराधा कोइराला सहित वरिष्ठ फिल्मकर्मी यादव गरेल, युवराज लामा, टिका पहारी, अभिनेत्री करिश्मा मानन्धर, अभिनेता सौगात मल्ल लगायतको उपस्थिति रहेको थियो ।

 


महाराजगञ्ज स्थित रेड स्टुडियोमा सम्पादनको क्रममा रहेको मेघाको रिलिज डेट घोषणा गरिएको छैन । सबस्त इन्टरटेन्मेन्ट व्यानरमा निर्माण भएको फिल्म 'मेघा' वितरणको जिम्मा भने उज्जवल पौडेल र मनोज राठीले लिएका छन्  । फोटोग्राफर विकास रौनियार कार्यकारी निर्माता रहेको यो फिल्ममा गोपाल योञ्जनको संगीत, कमल राईको करियोग्राफी तथा बनिश शाहको सम्पादन रहेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

तस्विर : महेश्वर मान सिंह