अमेरिकामा हुँदा तेल लगाउन हिचकिचाउने अभिनेता रेश मरहठ्ठाले नेपाल आएपछि भने निरन्तर तेल लगाउन थालेका छन् । रेशले तेल लगाउनु बाध्यता या रहर ? उनको आफ्नै कथा छ ।
'पहिला त तेल लगाउँदा असर गर्छ जस्तो लाग्थ्यो । तर जब आमाको खुट्टामा तेल लगाए पश्चात निको हुँदै गयो तब बिश्वास बढ्दै गयो, रेशले भने-खुट्टा पीडित आमाको उपचारमा लागेका रेशले भने- 'तेल लगाएकै कारण मम्मीको खुट्टा सञ्चो हुँदै गएको छ । बिहिबार राजधानीमा आयुर्वेदिक बनबुटी तेलको लञ्च गरेका रेशले आफूले भने नवरत्न तेल प्रयोग गर्दै आएको बताए ।
'नवरत्न तेल लगाएपछि निकै आरामको महसुश हुन्छ,' रेशले भने- 'अब यो तेल पनि प्रयोग गरेर हेर्छु । जुन राम्रो हुन्छ त्यहि प्रयोग गर्ने हो ।' यस्तै रेशले निहाउनु अगाडी तेल प्रयोग गर्नु उपयुक्त हुने धारणा राखे । च्यालेञ्ज फिल्म निर्माण गरेका रेशले सार्वजनिक गरेको बनबुटी ब्राण्डका आयुर्वेदिक तेलको प्रयोगले टाउको दुख्न कम हुने, थकाई लाग्न नदिने, स्मरण शक्ति सुरक्षित राख्न मद्दत गर्ने जस्ता बिशेषता बोकेको कम्पनीले जनाएको छ ।

