Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कार्तिक पर्खंदै बिनिता

फिल्मीखबर, काठमाण्डौ, 2013/08/15

दोस्रो फिल्म फुलस्टपबाट रजतपटमा ओझेल परेकी नायिका बिनिता बराल केही समय देखि भने उत्साहित छिन् । चपली हाइटकी ग्ल्यामर गर्ल उत्साहित किन भइन् त ? फिल्मीखबरको जिज्ञासा मेटाउँदै बिनिता बोलिन्- 'फार्म कन्सट्रक्सनको कार्य तिव्र रुपमा हुँदैछ । तरकारी तथा फलफुलका बोटबिरुवा रोप्ने कार्य जारी छ ।'

 

बिनिता खुसी हुनुको कारण यतिमै सिमित छैन । उनी अभिनित पछिल्लो फिल्म सुपरहिट कार्तिकमा रिलिज हुने करिब टुंगो लागेपछि बिनिताको दिल खुस भएको हो । नरेन्द्र महर्जनको वितरण रहने सुपरहिटको रिलिज डेट बारे बिनिताले भनिन्- 'कार्तिक २२ या २९ मा फिल्म रिलिज गर्ने हाम्रो लक्ष्य छ । हिन्दी तथा नेपाली बिग ब्यानरसँग फिल्म नजुधोस् भन्ने हाम्रो चाहना हो ।'

 

सौरभ एण्ड निरञ्जनको निर्देशन रहेको फिल्ममा बिनिताको मुख्य रोल छ । सुपरहिट रिलिज ताका नै बिनिताको फार्ममा तरकारी तथा फलफुल बिक्रिको लागी तयार हुनेछ । अन्य दुई व्यक्तिसँगको सहकार्यमा बिनिताले टोखामा ३ रोपनी जग्गा भाडामा लिएर तरकारी फार्म सञ्चालन गर्दै आएकी छिन् । किसान बनेपछि हरेक दिन आफूलाई स्वाभिमानी महसुश गर्ने बिनिताको फार्ममा अहिले काउली, कुरिलो, गोलभेडा जस्ता बेमौसी तरकारी लगाइएका छन् ।

 

कृषक भएकोमा गर्व गर्ने बिनिता भन्छिन्- 'कृषक बनेपछि धैर्य र मिहेनत गर्नुपर्छ भन्ने सिकें । देशको युवा शक्तिले पुर्खाको पेशालाई आधुनिकीकरण गर्दै लैजानु पर्छ भन्ने मेरो मान्यता हो ।' कृषक नायिकाले फिल्म नखेल्ने त ? 'फिल्म खेल्छु तर कथा उत्कृष्ट हुनुपर्छ,' बिनिता भन्छिन्- 'दर्शकलाई अपच हुने फिल्म भने खेल्दिन ।' केही समय पछि भने नयाँ प्रोजेक्टमा व्यस्त हुने बिनिताले बताइन् । कालो महिना भनेर अशुभ मानिने कार्तिक महिना भने बनिताको लागि पर्खाइ बनेर आइपुगेको छ ।