Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.00/5.00)
Text size:-
+
-

इतिहास बोल्ने फिल्ममा लुके यशराज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/08/15

नेपाल एकीकरणको यात्रामा कान्तिपुर (काठमाण्डौ) मा जित हासिल गर्न पृथ्वीनारायण शाहले पहिला किर्तिपुर हमला गरेका थिए । किर्तिपुर हमला पछिको वस्तु स्थितिलाई मुख्य विषय बनाईएको फिचर फिल्म 'किर्तिपुर द् लिजेन्ड अफ किर्तिलक्ष्मी'ले पहिलो प्रोमो सार्वजनिक गरेको छ ।

 

युट्यूब मार्फत रिलिज गरिएको प्रोमो टेलिभिजनमा भने केहि समय पश्चात रिलिज गर्ने निर्देशक दिपक खड्गीले बताएका छन् । पटकथा निर्देशक खड्गी र केके मानन्धरले संयुक्त रुपमा लेखेका छन् । फिल्ममा पृथ्वीनारायण शाहको भुमिकामा यशराज गराच र राज्यलक्ष्मी शाहको भुमिकामा हिसिला महर्जन प्रस्तुत भएका छन् । प्रोमोमा भने नायक यशराजलाई लुकाईएको छ । उनको गेटअप अहिले नै सार्वजनिक नगर्ने हेतुले यशराजलाई प्रोमोमा समावेश नगरिएको बुझिएको छ ।

 

फिल्मलाई किर्तिपुर, नुवाकोट र गोरखामा छायाँकन गरिएको छ । रजतपटमा पहिलो पटक हेलिक्यामको प्रयोग मार्फत दृश्य खिचिएको यो फिल्ममा शंकर महर्जनले क्यामेरा चलाएका हुन् । फिल्मको कला निर्देशक पनि पटकथाकार मानन्धर नै हुन् । यशराज र हिसिलाको साथमा बिनोद श्रेष्ठ, अञ्जला नकर्मी, मणिराज लावत, मञ्जु श्रेष्ठ, मदनदास श्रेष्ठ, सुनिल राजोपाध्याय लगायतको अभिनय छ ।

 

फोकस फिक्चर्सको व्यानरमा बिरेन्द्र ताम्राकार र प्रेम खड्गीले निर्माण गरेको यो फिल्म हेरे पश्चात दर्शकले किर्तिपुर युद्दलाई नजिकबाट बुझ्न पाउने निर्माण युनिटले जनाएको छ । नेपाली र नेवारी दुवै भाषा प्रयोग गरिएको इतिहास बोल्ने यो फिल्मलाई दशैं पछाडी रिलिज गर्ने लक्ष्य राखिएको छ ।