चलचित्र विकास वोर्ड अन्र्तगतको चलचित्रकर्मी कल्याण कोषले श्रृङ्गार कर्ता (मेकअप म्यान) साम्भा दिनकर पाटिल (शम्भु क्षेत्री) लाई पचास हजार रुपैयाँ उपलब्ध गराएको छ । आन्द्रामा देखिएको समस्याले केही साता अघि देखि टिचिङ अस्पालतमा उपचारार्थ साम्भालाई उपचारको लागी कल्याणकारी कोषले आपतकालिन ५० हजार रुपैयाँ उपलब्ध गराएको हो ।
भारतको मुम्बई स्थित नाला सोपाराका नेपाली मेकअप म्यान साम्भाको स्वास्थ्य उपचारको लागी हिजो कल्याणकारी कोषको बैठकले (साउन २९ मंगलबार) दुई लाख रुपैयाँ उपलब्ध गराउन बोर्डलाई सिफारिस गरेको थियो । वोर्ड सल्लाहकार विकास आचार्यको अध्यक्षतामा आज बसेको आपतकालीन बैठक मार्फत साम्भाको उपचारार्थ पचास हजार रुपैयाँ उपलब्ध गराइएको हो । बाँकि एक लाख पचास हजार रुपैयाँ भने संयोजक बसुन्धरा भुषाल राजधानी फर्किए पछि उपलब्ध गराइनेछ ।

नेपाली नागरिकता प्राप्त साम्भा नेपाली फिल्मका हस्ती श्रृङ्गार कर्ता हुन् । उनको आगमनले नेपाली फिल्ममा देखिएको श्रृङ्गार कर्ताको अभावलाई पूर्ती गरेको थियो । कुसुमे रूमालबाट फिल्मबाट मेकअप म्यानको पेशा अंगालेका साम्भा अधिकांश श्रृङ्गार कर्ताको गुरु मानिन्छन् । मिलनसार व्यक्तिको रुपमा परिचित साम्भाले सय भन्दा बढि फिल्ममा मेकअप म्यान भएर काम गरेका छन् ।
साम्भाको मेकअपमा तयार भएका करोडपती, नेपाली बाबु, माइली, हामी तीन भाई, सुख दु:ख, मसान, छोडि गए पाप लाग्ला, साथी म तिम्रो, सो सिम्पल जस्ता चर्चित फिल्म हुन् । नेपालीसँग बिबाह गरि नेपाली नागरिता लिएर यतै घरजम गरेका साम्भालाई उपारको लागी थप रकम आवश्यक परेको बताइन्छ । फिल्मीखबर साम्भाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

