Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

दर्शक प्रतिक्रिया फेस गर्न तयार छु : निर्देशक नेपाल

फिल्मीखबर, काठमाण्डौ, 2013/08/11

पारिवारिक कथा बोकेको फिल्म श्रीमानबाट व्यासायिक एवम् समिक्षागत सफलता हात पारेका निर्देशक नवल नेपाल आउने शुक्रबार (साउन ३२) फिल्म महसुश लिएर आँउदैछन् । दाग, राग र तस्विर भिडियो फिल्म निर्देशन गरेका नवलको श्रीमान पछि महसुश दोस्रो कमर्शियल फिल्म हो ।

 

महसुशको रिलिज डेट नजिकिदै गर्दा निर्देशक नेपाल पनि दर्शक प्रक्रिया बुझ्न आतुर छन् । आर्यन सिग्देल, केकी अधिकारी र वेनिशा हमालको त्रिकोणात्मक प्रेमकथालाई पर्दामा उतारेका नवल भन्छन्- 'दर्शकले दिने जस्तो सुकै प्रतिक्रियालाई पनि फेस गर्न तयार छु । फिल्ममा दर्शकले आफ्नो पन पाउनुहुनेछ ।' महसुश पूर्ण रुपमा सभ्य र शालिन फिल्म रहेको दाबी गर्दै नवल थप्छन्- 'म कर्ममा विश्वास गर्छु । मलाई सबैले वाही वाही दिउन् भन्ने आकांक्षा छैन । म आफ्नो कर्मबाट सन्तुष्ट लिने व्यक्ति हुँ ।'

 

व्यापारिक रुपमा सफल हुन् या असफल प्रायः फिल्मलाई चोरीको आरोप लाग्ने गरेको छ । फिल्म कपी हुने नेपाली फिल्मको रोग बारे निर्देशक नवल भन्छन्- 'मेरो फिल्म कस्तो विषय माथि निर्माण भएको छ भन्ने बारे मलाई मात्रै ज्ञान छ । छिटपुट घटनासँग मेल नखाला भन्न सक्दिन तर मैले फिल्ममा आफ्नो पनलाई बिर्सेको छैन ।' कल्याण घिमिरेको लगानी रहेको महसुशमा निर शाह, हिउँवाला गौतम, रश्मी भट्टी लगायतको पनि अभिनयलाई देख्न सकिन्छ । सुरेश अधिकारीको संगीत रहेको फिल्ममा दिव्यराज सुवेदीको क्यामेरा छ ।