Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.75/5.00)
Text size:-
+
-

बादशाहले ब्रेक गरे व्यापारिक रेकर्ड : बाढी पीडितका लागी च्यारिटी

फिल्मीखबर, काठमाण्डौ, 2013/08/11

धमाकेदार शुरुवाती व्यापार गर्दै बलिउड बादशाह शाहरुख खानको फिल्म चेन्नइ एक्सप्रेसले विश्व फिल्मी बजारमा नयाँ व्यापारिक किर्तिमानी कायम गर्न सफल भएको छ । सलमान खानको फिल्म एक था टाइगरले कायम गरेको व्यापारिक किर्तिमानीलाई ब्रेक गर्दै शाहरुख खान र दिपिका पादुकोण अभिनित फिल्मले नयाँ रेकर्ड राख्न सफल भएको हो ।

 

दर्शना आर्टस्ले वितरण गरेको चेन्नइ एक्सप्रेसले नेपालका करिब एक सय पर्दाबाट करिब एक करोड ७० लाख ग्रस कलेक्सन गरेको बताइन्छ । दर्शना आर्टस्का प्रमुख सुनिल मानन्धर भन्छन्- 'नेपालबाट चेन्नइ एक्सप्रेसले पाँच करोड सम्मको ग्रस कलेक्सन गर्न सक्ने हाम्रो अनुमान छ ।' यसअघि वितरण गरिएको रमैया वास्तभैयाबाट नाफा कमाउन नसकेको दर्शनालाई चेन्नइले भने गतिलै नाफा दिने अनुमान छ ।

 

इद अवसरमा प्रदर्शन भएको रोहित शेठ्ठी निर्देशित शाहरुखको चेन्नइ एक्सप्रेसले विश्व फिल्मी बजारमा सुरुवाती व्यापार ३३.१२ करोड गरेको रिपोर्ट छ । गत वर्ष इदकै अवसरमा प्रदर्शन भएको सलमानको एक था टाइगरले भने विश्व फिल्मी बजारबाट ३२ करोडको कलेक्सन गरेको थियो ।

 

त्यस्तै नेपालको विभिन्न भु-भागमा प्रभावित भएका बाढी पीडितको सहयोगार्थ शाहरुख खानको चेन्नइ एक्सप्रेसलाई च्यारिटी गरिने भएको छ । भोली (साउन २८ गते) कमलपोखरी स्थित बिग सिनेमा हलमा साँझ ६ बजे चेन्नइको च्यारिटी गरिने दर्शना आर्टस्का सिइओ सुरेश दर्पण पोखरेलले फिल्मीखबरलाई जानकरी गराए । उनले भने- 'सामाजिक उत्तर दायित्वलाई मनन गर्दै चेन्नइको च्यारेटी गर्न लागिएको हो ।'

 

च्यारेटीबाट उठेको सम्पूर्ण रकम बाढी प्रभावितलाई हस्तान्तरण गरिनेछ । च्यारिटीमा फिल्मकर्मी सहित उद्योग व्यावसायी लगायतको सहभागिता रहने सिइओ पोखरेलले जानकारी गराएका छन् । यसअघि आज आईतवार च्यारिटी गर्ने बताईए पनि प्राबिधिक कारणले भोलीका लागि सारिएको पोखरेलको भनाई छ ।