फिल्म राहदानीको बाँकी छायाँकनको लागि युनिट शनिबार बेलुका मलेसिया पुगेको छ । सो फिल्मको १५ प्रतिशत छायाँकन मलेशियामा गर्नु पर्ने भएकोले सुटिङ युनिट मलेसिया तर्फ लागेको निर्देशक डब्बु क्षेत्रीले जानकारी गराएका छन् ।

मलेसियाको क्वालालम्पुर, रावाङ, बाङतिङको मोरिक वीच, जोहोर, पेनाङ, मलक्का लगायतका स्थानमा राहदानीको छायाँकन हुनेछ । काठमाडौंबाट निर्देशक क्षेत्री, नायकद्धय दयाहाङ राई, अशोक रिजाल, छायाँकार रामशरण उप्रेती, सह-निर्देशक सुलभ ढकाल लगायतको टिम मलेसिया पुगेको छ । मलेसियाको लागि आवश्यक स्थानीय कलाकारको आईतबार अडिसन लिने काम भएको छ ।

फिल्मको मलेसियामा कलाकारको रुपमा पूर्ण सुब्बा, उपेन्द्र कार्की, रबिन गुरुङ, हेम कुमार राई, रबीन गुरुङ, रेखा गुरुङ, एलिया राई लगायतले अभियन गर्ने छन् । पहिलो पटक मलेसिया यात्रामा निक्लेका अभिनेता दयाहाङ राईले यात्रा निकै रमाईलो भएको बताए । फिल्मको छायाँकन सोमबारबाट सुरु गरि शुक्रबार सम्ममा सक्ने लक्ष्य राखिएको निर्देशकले जानकारी गराए ।
मलेसियामा एउटा गीत र १२ प्रतिशत दृष्य छायाँकन गरिने छ । बैदेशिक रोजगार र यसका समस्यालाई मुख्य बिषय बनाईएको राहदानीको प्रस्तुतकर्ता लक्ष्मीप्रसाद ढकाल हुन् ।

