Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बिग र एफक्युवमा चेन्नइ/ ६ बजे स्पेशल शो

फिल्मीखबर, काठमाण्डौ, 2013/08/08

बिग मुभिज र एफक्युव मल्टिप्लेक्स हलले बलिउड बादशाहको चेन्नइ एक्सप्रेसलाई रिलिज गर्न राजी भएका भएका छन् । दर्शकको मनोरञ्जन अधिकारलाई कुण्ठित नगर्ने निर्णय गर्दै बिग र एफक्युवले चेन्नइलाई रिलिज गर्ने भएका हुन् ।

 

दर्शना आर्टस्को वितरण रहेको चेन्नइ एक्सप्रेसलाई प्रतिपक्षी वितरण कम्पनी एप्पल र गोपिकृष्णले बिग मुभिज र एफक्युवलाई रिलिज नगर्न दबाब दिदै आएको खबर सार्वजनिक भएको थियो । एप्लल प्रमुख नखिम उद्धिनद्धारा सञ्चालित क्युएफएक्स हल र गोपिकृष्ण हलमा पनि फिल्म लाग्ने टुंगो लागेको छ । दिउँसो बसेको वितरकहरूको छलफलले फिल्म रिलिज गर्ने सहमती गरेको सुनिल मानन्धरले बताए ।
 

 

त्यस्तै स्थगित गरिएको चेन्नइ एक्सप्रेसको स्पेशल शो आज साँझ ६ बजे कमलपोखरी स्थित बिग सिनेमा घरमा हुने भएको छ । नेपालको पहिलो बलिउड फिल्मको प्रिमियरमा सञ्चारकर्मी तथा विशिष्ट व्यक्तित्व सहभागी हुने छन् । आज साँझ बिग मुभिजमा हुने फिल्मको स्पेशल शोमा दर्शक पनि सहभागी हुन सक्ने हलका म्यानेजर दिपक मेहताले जानकारी गराए । उनका अनुसार आजको शोमा दर्शकलाई लागि टिकटको मूल्य रू ६०० राखिएको छ ।


 

कमलपोखरीको बिग र चावहिलको एफक्युव मल्टिप्लेक्सले शाहरुख खान र दिपिका पादुकोण अभिनित फिल्मको अग्रीम टिकट बुकिङ खुल्ला गरेका छन् । बिग मुभिजले १६ र एफक्युवले १२ शो चेन्नेइका लागी छुट्याएका छन् । यि दुई ठूला मल्टिप्लेक्स सहित राजधानीको अष्टनारायण सहित देशभरका करिब ५ दर्जन हलमा यो फिल्म लाग्ने बताईएको छ ।