Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूर्व देखि पश्चिमसम्म अहिंसाको कथा

फिल्मीखबर, काठमाण्डौ, 2013/08/08

बुद्धको उपदेश अहिंसालाई शिर्षक बनाइएको फिल्म 'अहिंसा'लाई पूर्वी शहर देखि पश्चिम गाउँ सम्म देखाइने भएको छ । यही भदौ २० गतेबाट पश्चिम दाङ, सुर्खेत र नेपालगञ्जका शहरमा फिल्मको च्यारिटी गरिने अहिंसाका निर्माता डिक खड्काले फिल्मीखबरलाई जानकारी गराए ।

 

 

पश्चिम स्थानमा हुने च्यारिटी भने फाइनल हुन बाँकी छ । अहिंसाको च्यारिटी निर्माता खड्काकै फिल्म निर्माण कम्पनी प्रसिद्धि सिने आर्टस्ले गर्न लागेको हो । 'यो व्यावसायिक भन्दा पनि चेतना फैलाउने फिल्म हो, त्यसकारण च्यारिटीलाई प्राथमिकता दिइएको हो,' निर्माता खड्का भन्छन्- 'वुद्धको उपदेशलाई आधार बनाइएकाले बौद्ध धर्मालम्वी सम्वद्ध संस्थासँग पनि च्यारेटीको विषयमा छलफल हुँदैछ ।'

 

पूर्वपश्चिम देखि काठमाण्डौ सम्मको च्यारिटीबाट आएको प्रतिक्रिया पछि मात्रै अहिंसालाई हलमा रिलिज गर्ने डिक खड्का बताउँछन् । भन्छन्- 'फिल्मको रिलिज कार्तिक तिर गर्ने योजना छ । फिल्म केही दिनमै हेर्न तयार हुनेछ ।' मेघराज पौडेल निर्देशित फिल्म फिल्ममा करण केसी र एलिना वाँस्कोटाको लिड रोल छ । अहिंसामा सौरभ कार्कीको छायाँकन र बसन्त सापकोटाको संगीत छ ।