Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

पर्दामा जमेका डरलाग्दा भिलेन

फिल्मीखबर, काठमाण्डौ, 2013/08/08

बाक्लो दार्‍ही जुँगा, घुम्रेको कपाल अनि ज्याङ्गो शरिर, हेर्दै लाग्दो अनुहार तर पर्दाका लागि फिट । ०६२ साल तिर महेन्द्रनगरबाट कलाकार बन्न काठमाण्डौ छोरेका पुष्कर भट्टको परिचय खल अभिनेता हो । हेर्दै भिलेन जस्ता देखिने पुष्कर ७० भन्दा बढि फिल्ममा भिलेनको रूपमा देखिएका छन् ।

 

कुनै बेला होटलमा ग्राहकका लागि मिठो खाना खुवाउने पुष्कर अहिले नेपाली फिल्मका दर्शकलाई अभिनय मार्फत आफ्नो कला देखाईरहेका छन् । अभिनेता बिराज भट्टसँग नजिक रहेका पुष्कर 'अग्नि ज्वाला' फिल्ममा पहिलो पटक आफ्नो डरलाग्दो अनुहार दर्शकलाई देखाए । भुमिका छोटै भएपनि उनले त्यसपछि फिल्ममा निरन्तर काम गर्ने मौका पाए । बिशेषत: बिराजको सिफारिसमा फिल्म खेल्ने गरेका पुष्करलाई अभिनयमा आउने प्रेरणा पनि बिराजले नै दिएका हुन् ।

 

'बिराज भट्ट नभएको भए म यो क्षेत्रमा आउने थिएन,' पुष्करले भने- 'उहाँले नाम र दाम दुबै हुन्छ, फिल्ममा काम गर भन्नु भयो अनि म आएँ ।' केहि बर्ष बिराजकै सहयोगी भएर काम गरेका पुष्कर अहिले भने आफू फिल्ममा स्थापित कलाकार भएको बताउँछन् । '८ जनाको परिवार सानदारका साथ पाल्न सक्ने भएको छु,' पुष्करले भने । बिराजले अभिनय गरेका अधिकांश फिल्ममा पुष्करले पनि छोटो मिठो देखि सोलो भिलेनको रूपमा काम गरेका छन् ।

 



 

फिल्ममा आउनु पूर्व पुष्कर साउदी अरबमा तीन बर्ष र भारतको मुम्बईमा पाँच बर्ष कुकको रूपमा जागिर गर्थे । 'म चाईनिज र इन्डियन खानाको सेफ कुक हो,' ३ बर्षे फुड एण्ड बेभरेजको डिप्लोमा कोर्ष गरेका पुष्कर भन्छन्- 'अब चाहिं यो क्षेत्र छोडेर जान मन छैन । रगतमा नै अभिनय छ जस्तो लाग्छ ।' अनुहार डरलाग्दो भएपनि पुष्कर आफ्नो फेस फोटो जेनिक रहेको बताउँछन् । 'भिलेनका लागि उपयुक्त फेस छ जस्तो लाग्छ,' उनी सुनाउँछन् ।

 

नेपाली मात्र नभई भोजपुरी फिल्ममा समेत आफ्नो कला प्रस्तुत गरिरहेका पुष्कर फिल्म क्षेत्रमा आउन ढिलाई गरेको बताउँछन् । 'भगवानले मलाई कलाकार नै बन् भनेर पठाएको जस्तो लाग्छ,' पुष्कर थप्छन्- 'म स्क्रिनमा देखिंदा दर्शकलाई निराश बनाउँदिन ।'

 

 

स्टेज शोमा समेत बेलाबेला झुल्किने यि खलपात्रलाई मुख्यत: सलाम छ मायालाई, विरासत, म बिर्सुं कसरी, भागी भागी नजाउ, ब्रेक फेल, आफ्नो मान्छे आफ्नै हुन्छ, गंगाजल, बाटुली, दोस्ती, फैसला जस्ता फिल्मलाई दर्शकले देखिसकेका छन् । उनको रिलिजको क्रममा रहेको फिल्ममा वार, तुलसी, सौर्य, देशले रगत मागे, औजार लगायत छन् ।