प्रविधिको आधारमा फिल्म बर्गिकरण गरिनु हुन्न भनी सर्वोच्चमा परेको रिट उपर आज (साउन २३ गते) हुने भनिएको बहस स्थगित भएको छ । वकिलले लञ्चमा ढिलाई गरेपछि सर्वोच्चको दुई नम्वर इजालस बन्द हुँदा रिट उपर बसह हुन नसकेको हो ।
सर्वोच्चमा रिट दायर गर्ने केदार प्रसाद (केपी) पाठकको जानकारी अनुसार सर्वोच्चले आगामी भदौ २ गतेका लागी पेशी तोकेको छ । रिटमा विपक्षी बनाइएका सञ्चारमन्त्री, सञ्चार मन्त्रालय, विकास वोर्ड अध्यक्ष र विकास वोर्डका सदस्य सचिव र रिट हाल्ने दुवैलाई आज सर्वोच्चले छलफलका लागी बोलाइएको थियो । सरकारी तहले आफ्नो प्रतिनिधि पठाउन मिल्ने प्रावधान अनुरूप सर्वोच्चमा विकास वोर्डका कानुनी सल्लाहकार तारा श्रेष्ठ र केपी पाठक सर्वोच्चमा उपस्थित थिए ।
गत साउन १ गते देखी लागु भएको फिल्म बर्गिकरणको नीति विरुद्ध नेपाल चलचित्र समाज महासंघले सर्वोच्चमा रिट दायर गराएको हो । रिट पछि सर्वोच्चले तत्कालका लागी फिल्म बर्गिकरणको प्रक्रियालाई रोक्नु भनी अन्तरीम आदशे दिएको छ । सर्वोच्चमा परेको रिट पछि फिल्मकर्मी हुन्थ्यो र हुन्नको दुई ध्रुवमा विभाजित भएका छन् ।

