Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बाग्मतीमा डुब्यो हमालको आइफोन

फिल्मीखबर, काठमाण्डौ, 2013/08/06

बाग्मती स्वच्छ भन्ने सर्वसाधरणमा सन्देश दिन केही दिन अघि अभिनेता राजेश हमालले बाग्मतीमा डुङ्गा चढे । अभिनेता हमालको डुङगा यात्रालाई हेर्न दर्शकहरु बाग्मतीको किनारमा नाक थुनेर लाईन लागेका थिए ।

 

दर्शकको हुटिङले बाग्मतीमा हमाल निकै उत्साहित देखिन्थे । तर, त्यती नै बेला अभिनेता हमाल र मुख्य सचिव लगायतको टोली रहेको डुङगाले सन्तुलन गुमायो । डुङ्गा असन्तुलित भएपछि अभिनेता हमाल बाग्मतीमा डुब्न पुगे । बाग्मती माथिको डुङ्गा यात्रा सकिएपछि हमाल झस्किए । हमाल झस्किनुको कारण थियो उनको साथमा रहेको आइफोन बाग्मतीमा डुबेछ । हमालले ठट्यौली पारामा भने- 'पवित्र नदीमा म मात्रै डुबे भनेको त आइफोन पनि डुबेछ ।'

 

केही साल अघि इजरायलबाट खरिद गरिएको आइफोन पानीमा डुबेपछि काम गर्न छोडेको छ । हमालका सहयोगी भन्छन्- 'दादा अब युकेबाट ल्याएको आइफोन प्रयोगमा ल्याउने मुडमा हुनुहुन्छ ।' हमालकी प्रेमिका मधु भट्टराई आइफोन बाग्मतीमा डुबेपछि पक्कै पनि चिन्तित भएको हुनुपर्छ । कारण, हमालले युकेबाट खरिद गरेको आइफोन प्रयोगमा ल्याइसकेका छैनन् । हाल हँसियाको सुटिङमा व्यस्त हमालले यही वर्ष धरानकी प्रेमिका मधु भट्टराईलाई दुलही बनाएर भित्र्याउने बताउँदै आएका छन् ।