Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

प्रशान्तले भने- `म हुँ डन`

फिल्मीखबर, काठमाण्डौ, 2013/08/06

नेपाली फिल्ममा शहरका डनको अप्रत्यक्ष लगानी रहँदै आएको चर्चा नसुनिएको होइन । तर, उनीहरु फ्रन्टमा भने आएको पाइदैन । फिल्म बाउन्सरमा लगानी गरेका प्रशान्त गिरीले भने आफुलाई डन भनी परिचय गराएका छन् ।

 

तपाई कस्तो खालको डन ? बाउन्सरमा हिरो भएर प्रस्तुत भएका प्रशान्तले फिल्मीखबर समक्ष भने- 'म कराँते र बक्सिङको सेकेन्ड डन हुँ ।' खेलकुदको डनले किन फिल्ममा हात हालेको त ? प्रशान्तले प्रस्ट्याए- 'फिल्म निर्माण गरेर सफल नायक र निर्माता बन्ने मेरो लामो योजना थियो । यही योजना अनुरुप मैले बाउन्सर निर्माण गरेको हुँ ।'

 

यही भदौ १४ बाट अल नेपाल रिलिज हुने बाउन्सरले रेष्टुरेन्ट व्यवसायका बाउन्सरको कथालाई भन्नेछ । मदन घिमिरे निर्देशित फिल्ममा प्रशान्तको साथमा शुष्मा कार्की र उज्जवल गिरी लिड रोलमा प्रस्तुत भएका छन् । अभिनेत्री शुष्मा हिजो मात्रै मलेसियामा पुगेकी छिन् । त्यहाँ हुने दुई वटा साँस्कृतिक कार्यक्रममा शुष्माले बाउन्सरको आइटममा कम्मर मर्काउने छिन् ।

 

निर्माता तथा नायक गिरी हाल फिल्मको प्रचारमा व्यस्त छन् । नेपाली फिल्मको निराश बजार प्रति आशावादी हुँदै प्रशान्त भन्छन्- 'राम्रो फिल्मलाई दर्शकले माया गर्नुहन्छ । हामीले फिल्ममा धेरै नै मिहेनत लगाएका छौं ।' डनको फिल्मले व्यापार कस्तो गर्छ ? भदौ १४ सम्म प्रतिक्षा गर्रौ ।