किसान आन्दोलनका अगुवा भिमदत्त पन्तको वर्ग विभेद रहित देश निर्माण गर्ने सुन्दर परिकल्पनालाई मुख्य विषय बनाईको फिल्म भिमदत्तले खिच्ने कार्य सकेको छ । ५२ दिनको लामो छायाँकन अवधिमा भिमदत्तलाई काठमाण्डौदेखि भिदत्तको गृह जिल्ला डडेलधुरा सम्मको लोकेशनलाई क्यामेरामा कैद गरिएको छ ।

हिजो आईतवार भिमदत्तको शिर्ष गीतको राजधानीको बौद्धमा अन्तिम टेक लिइयो । लघु फिल्म निर्देशनका अनुभवी निर्देशक हिमग्याम टासीले भने- 'फिल्मको छायाँकनमा सोचेको थोरै गुमाईयो तर धेरै नसोचको पाइयो ।' डडेलधुरा बासीको अनपेक्षित सहयोग फिल्म युनिटको लागी अविस्मरणी रहेको निर्देशक बताए । टासीले वर्षाले गर्दा सुटिङ अबधि लामो हुन गएकोमा फिल्मको बजेट प्लस हुन आएको बताए ।

आउँदो सातादेखि रेड स्टुडियोबाट भिमदत्तको सम्पादनको कार्य प्रारम्भ हुनेछ । फिल्ममा नवल खड्का, निशा अधिकारी, सुमिना घिमिरे र श्रीराम पुडासैनी लिड रोलमा छन् । भिमदत्त बनेका नवलको अपोजिटमा सुमिना घिमिरे प्रस्तुत भएकी छिन् भने निशा अधिकारी अनुसन्धान कर्ताको भुमिकामा छिन् । दशैं र तिहारमा ओभरसिज रिलिजलाई टार्गेट राखिएको फिल्मलाई कलाकार नवल खड्का र एनआरएन समुहले संयुक्त रुपमा लगानी गरेका हुन् ।

शिवम अधिकारीको स्क्रिप्ट, मणी थापाको कथा र संगीत रहेको फिल्ममा विष्णु कल्पीतको छायाँकन छ । निर्देशक टासी स्वयमले नृत्य निर्देशन गरेका छन् भने भिमदत्तका द्धन्द्ध निर्देशक हिमाल केसी हुन् ।


