'चलचित्र निर्माता संघ आजबाट अवैधानिक भयो,' फिल्म वर्गीकरण नीति विरुद्ध सर्वोच्चमा रिट दायर गरेका चलचित्र समाज महासंघका अध्यक्ष केदार (केपी) शर्माले फिल्मीखबरलाई यही जानकारी दिए ।
यही बैशाख २० गते चलचित्र निर्माता संघको १२ औं साधारण सभा आर्थिक प्रतिवेदन पास नभई सम्पन्न भएको थियो । अध्यक्ष राजकुमार राईको तीन वर्षे कार्यकालको आर्थिक प्रतिवेदन साधारण सभामा प्रस्तुत गरिएको थिएन । राई माथि लागेको आर्थिक हिनामिना बारे बुझ्न आर्थिक छानविन समिति गठन गरी ३ महिना भित्र फर्च्यूट गर्ने निर्णय साधारणमा भएको थियो । तर, निर्णय गरे वमोजिम ३ महिना भित्र आर्थिक प्रतिवेदन पास हुन नसकेपछि निर्माता संघ अवैधनिक हुन गएको पाठकको भनाई छ ।
आर्थिक छानविन समितिमा नरेश पौडेल, केपी पाठक, कविता श्रेष्ठ र श्रीराम पुँडासैनी छन् । 'हामीलाई आर्थिक अनियमितता बारे छानविन गर्न उचित वातावरण सृजना गरिएन,' फिल्मीखबर समक्ष छानविन समितिका सदस्य पाठकले भनेका छन्- निर्माता संघले अवैधानिक संकट खेप्न सक्छ ।'
संघका अध्यक्ष राजकुमार राई भने संघ वैधानिक रुपमै अगाडी बढ्ने बताएका छन् । बैशाखको निर्वाचनबाट दोस्रो कार्यकालका लागी अध्यक्ष पदमा चुनिएका अध्यक्ष राई भने- 'आगामी मंसिरमा हुने तेर्हौं साधारण सभामा आर्थिक प्रतिवेदन पास हुनेछ । यसमा अधिकांश छानविन समितिका सदस्यको सहमती छ ।' तीन/तीन महिनामा संस्थाले साधारण सभ गर्न नसक्ने अध्यक्ष राईको भनाई छ ।

