सोमबारका लागि घडीको सुईले १२ बजेको घण्टी दिए लग्गतै श्रावण ३२ गते रिलिज हुन लागेको महसुश फिल्मका प्रेमी हिरो आर्यन सिक्देलको जन्मदिन शुरू भयो ।
.jpg)
काठमाण्डौको थानकोट स्थायी घर भएका आर्यनको आज अर्थात श्रावण २१ गते जन्मदिन हो । आर्यनले आज साँझ नजिकका साथीभाईलाई निमन्त्रणा गरि आफ्नो बर्थडे सेलिब्रेट गर्दैछन् । यस्तै आर्यनको जन्मदिनलाई फिल्म महसुशले पनि सेलिब्रेट गर्ने भएको छ । 'साँझ केक काटेर आर्यनको जन्मदिन सेलिब्रेट गर्दैछौं,' महसुश निर्माता कल्याण घिमिरेले जानकारी गराए ।

यता प्रेमिका सपनाले आर्यनको बर्थडे केक आफ्नो फेसबुक वालमा पोस्ट गर्दै यो बर्ष आफ्नो लागि बेस्ट रहेको उल्लेख गरेकी छिन् । आर्यनको बर्थडे केकको बायाँ साईडमा आर्यनको नाम अंकित छ भने दायाँ साईडमा सपनाको नाम अंकित छ । केहि समय अगाडीसम्म गोप्य रहेको यो प्रेम जोडी अहिले भने खुल्न थालेको छ ।

