झरना थापा र रेखा थापा एक समयका प्रतिस्पर्धी अभिनेत्री हुन् । तर, पछिल्लो केही वर्ष यता यि दुई थापा अभिनेत्रीको हल प्रतिस्पर्धा छैन भन्दा फरक पर्दैन ।
ढल्कंदो उमेरमा समेत झरनाले अभिनयमा सक्रियता कम छैन । तर, विडम्वना उनी अभिनित फिल्मले हलमा खासै व्यापार गरिरहेका छैनन् । तर, रेखा थापालाई भने फिल्म क्षेत्रले नम्बर वान नायिकाको कोटीमा राखेको छ । बिशेषगरी रेखाका होम प्रोडक्सन फिल्मले बजारमा राम्रै सेल गरिरहेको छ । रेखाको अभिनयसँगै निर्माण रहेको फिल्म कालीलाई पनि फिल्म क्षेत्रले दर्शक तान्न सक्ने फिल्मको लिस्टमा राखेको छ ।

वर्तमानमा प्रतिस्पर्धीको रुपमा नहेरिए पनि यि दुई थापा नायिका अभिनित फिल्मले गत शुक्रबारबाट एकसाथ प्रदर्शनको अवसर पाएको छ । झरनाको लफडा र रेखाको प्रतिकार राजधानीसँगै मोफसलमा पनि प्रदर्शनमा आएको हो । यि दुई फिल्मको सुरुवाती व्यापार साउने झरीमा खासै राम्रो हुन सकेन । अन्य फिल्मको जस्तै लफडा र प्रतिकारको व्यापार निराशको रह्यो । तर, स्टेशनमा झरना भन्दा रेखाको फिल्म व्यापारिक रुपमा माथि रहेको सम्बन्धित पक्षको रिपोर्ट ।

हिजो शनिबार चावहिलस्थित गोपिकृष्ण हलमा सबै सो लफडाको भन्दा प्रतिकारको माथि रह्यो । काठमाण्डौका अन्य हल सहित मोफसलमा पनि प्रतिकार व्यापारिक रुपमा माथि रह्यो । प्रतिकारको हल सेल माथि हुनुमा भोजपुरीमा व्यस्त अभिनेता विराज भट्ट र रेखा थापाको जोडी नै प्रमुख कारण रहेको हलवाला बताउँछन् । नेपाली फिचर फिल्मका दर्शक अझै पनि रेखा थापा, विराज भट्ट, निखिल उप्रेती जस्ता स्टारको फिल्म हेर्न रुचाउँछन् । रेखा र विराजको जोडीलाई एक समय दर्शकाको राम्रो साथ थियो ।
हिम्मत, किस्मत, देवर बाबु जस्ता फिल्ममा विराज र रेखाको जोडीलाई दर्शकले साथ दिएका छन् । नारायण खतिवडा निर्मित लफडामा भने झरनाको अपोजिटमा नायक मुकेश ढकाल प्रस्तुत भएका छन् । यो फिल्म मोफसलका कतिपय स्टेशनमा उत्री सकेको बताइन्छ ।

