Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

पाटनमा रोमाण्टिक कमेडी/ कस्तो बन्ला मञ्जरीको सिक्वेल ?

फिल्मीखबर, काठमाण्डौ, 2013/08/04

मालतीको भट्टी फिल्म डेब्यू निर्देशक गणेश देव पाण्डेले नयाँ फिल्म बनाउने घोषणा गरेका छन् । हाल स्क्रिप्टलाई अन्तिम रूप दिईरहेको बताउने गणेशले आफ्नो फिल्म रोमाण्टिक कमेडी फ्लेभरको हुने बताए ।

 

मञ्जरी फिल्मबाट समिक्षात्मक सन्तुष्टी नपाएका निर्देशक पाण्डेले यसपटक दर्शक मात्र नभई समिक्षकका लागि पनि उत्कृष्ट फिल्म निर्माण गर्ने बताए । मञ्जरीको कथा बिदेशी फिल्मबाट कपी गरेको आरोप खेपेका गणेशले यसपटक नेपाली कथामा नै फिल्म बनाउने बताए । 'मञ्जरीको कथा कपी गरे पनि फिल्ममा आफ्नो पन थियो तर समिक्षकले फिल्ममा आफ्नो पन पाउनु भएन । यसपटक आफ्नै परिवेशको कथामा फिल्म बनाउने तयारी गरेको छु,' गणेशले भने ।

 

कास्टिङ कलिङमा रहेका गणेशले ललितपुरको पाटनमा सुटिङ गर्ने बताए । 'मञ्जरीमा बुटवललाई फिचर गरेको थिएँ, यसपटक पाटनलाई सुन्दर देखाउने कोशिस गर्नेछु,' पाण्डे भन्छन्- 'डोटीको केटा र पाटनमा बस्ने नेवार समुदायकी केटीको रोमान्टिक प्रेमकथालाई पाटनमा खिचिने छ ।' फिल्मको कथा आफैले लेखेको गणेश बताउँछन् ।

 

मञ्जरी निर्माण व्यानर टुका इन्टरटेन्मेन्टले नै निर्माण गर्ने यो अनटाईटल फिल्ममा अधिकांश कलाकार नयाँ रहने गणेशले जानकारी गराए । सपना बोकेर काठमाण्डौ छिरेका युवाहरूको कथालाई रोमाण्टिक कमेडी शैलीमा प्रस्तुत गरिने उनको भनाई छ । फिल्ममा अल्मुडा उप्रेती संगीतकारको रूपमा फाईनल भएका छन् ।

 

यस्तै गणेशले मञ्जरीको सिक्वेल पनि बनाउने बताए । मञ्जरी निर्माण पछि गणेशले फिल्म बनाउन जान्दैन भन्नेहरूका लागि पनि सिक्वेल बनाउन जरूरी छ । उनले मञ्जरी सिक्वेलको कथा भर्जिन नै हुने दाबी गरे ।