यदि तपाईमा अभिनय क्षमता, सुन्दर आर्यन अनुहार र फिल्म खेल्ने तिव्र चाहना छ भने सञ्चारकर्मी सुव्रत आचार्यलाई सम्पर्क गर्नुस् । सञ्चारकर्मी आचार्यले निर्देशन गर्न लागको फिल्म अधकट्टीमा मुख्य सहित सहायक नायिकाको आवश्यकता परेको उनले फिल्मीखबर समक्ष जानकारी गराएका छन् ।
फिल्मको प्रि-प्रोडक्सनमा व्यस्त सुव्रतले नायिकाको खोजीबारे भने- 'नायिकाको लागी अडिसन नलिएको हैन तर क्यारेक्टर फिट नायिका पाउन कठिन पर्यो ।' रजतपटमा सक्रिय नायिकाले फिल्मको क्यारेक्टरलाई जस्टिफाई गर्ने सामर्थ्य राखेपनि नयाँलाई चान्स दिने आफ्नो उद्धेश्य रहेको निर्देशक आचार्यले प्रस्ट्याए । अधकट्टीका लागी २०१३ मा मिस ईन्डियामा सहभागी सागरिक केसीले पनि अडिसन दिएकी थिइन् ।
गौरव पहारीको अपोजिट भएर पर्दामा प्रस्तुत हुने नायिकाको उमेर १८ देखी २१ वर्ष सम्म हुनुपर्नेछ । यही भदौको दोस्रो साताबाट फ्लोरमा जाने अधकट्टीमा नम्रता श्रेष्ठ अतिथि कलाकारको भुमिकामा फाइनल भैसकेकी छन् भने विल्सन विक्रम राई र प्रदीप बाँस्तोला पनि फिल्मका प्रमुख पात्र हुन् । प्रदीप कुमार उदय लगानीकर्ता रहेको फिल्म कमेडी वेसमा बन्नेछ । अधकट्टीमा सुवास ढकालको कथा र विजय अधिकारीको पटकथा एवं संवाद छ । गीतको शब्द भने विजय अधिकारी र रञ्जित आचार्य दुवैले कोरेका छन् ।
फिल्मका अन्य कास्ट एण्ड क्रियुमा छायाँकार मदन कास्यप घिमिरे, फाईट डिरेक्टर रोशन श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतराज हुनेछन् । चैत महिना रिलिज लक्ष्य राखिएको फिल्मलाई काठमाण्डौ र चितवनमा छायाँकन गरिनेछ । कलाकार बन्न इच्छुकले फिल्मीखबरको अफिसियल इमेल [email protected] मा सम्पर्क गर्न सक्नुहुनेछ ।

