Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

ग्ल्याम हन्टमा हिरोइन उत्कृष्ट (फोटोफिचर सहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/08/04

मोडलिङ कम्पिटिशनमा हिरोइन प्रतिस्पर्धी हुनु नहुनु टिप्पणीका बाबजुद फिल्म 'सरी ल'की हिरोइन अनिता आचार्य जोय पपाया सन ग्ल्याम हन्ट २०१३ की उत्कृष्ट मोडल घोषित भएकी छिन् ।

 

हिजो शनिबार साँझ सोल्टी क्राउन प्लाजामा सम्पन्न ग्ल्याम हन्टमा अन्य ९ प्रतिष्पर्धीलाई पछि पार्दै अनिताले उत्कृष्टको ताज पहिरिएकी हुन् । बेस्ट स्माइल र भ्युअर च्वाईसको अवार्ड सहित अनिताले ५० हजार रुपैयाँ शिर्ष ताज बापत र २१ हजार भ्युअर च्वाईस बापत प्राप्त गरेकी छिन् । शिर्ष उपाधीसँगै अनिता पपाय कम्पनीमा एक वर्षको अवधीका लागी ब्रान्ड एम्बास्डर समेत भएकी छिन् ।

 

पपाय हन्टको फस्ट रनरअपको ताज पनि हिरोइनकै पोल्टामा पर्यो । नेपाली फिचर फिल्म 'अन्तराल' डेव्यु हिरोइन अशिष्मा नकर्मीले हन्टको दोस्रो ताज पहिरिइन् । यो उपाधीसँगै अशिष्माले २५ हजार रुपैयाँ प्राप्त गरेकी छिन् । सेकेन्ड रनरअप भने सपना अधिकारी भइन् । सपनाले पपाय हन्टको तर्फबाट ११ हजार रुपैयाँ हात पारिन् ।

 

पीपल फिल्मबाट डेब्यू गरेकी शुष्मा अधिकारी र निर्माता छविराज ओझाको व्यानरमा फिल्म खेल्ने तयारीमा रहेकी शिल्पा पोखरेलले भने हन्टमा सहभागिता मात्रै जनाए । हन्टमा अदिति बुढाथोकी बेस्ट स्किन र रेखा पुरीले बेस्ट पर्सनालीटीको उपाधी हात पारेका थिए ।

 

मोडलले विभिन्न पहिरणमा गरेको क्याट वकसँगै कार्यक्रमको मुख्य आकर्षण अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरको सहभागिता रहयो । ब्युटिसियन स्नेहा राणा, बैङ्कर रविना देशराज श्रेष्ठ, फोटोग्राफर राजीव श्रेष्ठ, फेसन डिजाइनर विश्व गौतम सहित राजेश र करिश्मा निर्णायक मण्डलीमा थिए । सिङ्गर राजेश पायल राई, प्रमोद खरेल, आस्था राउतको साँगेतिक प्रस्तुती र जितु नेपालको प्रसहनले कार्यक्रममा थप रौनक छाएको थियो ।

 

 

 

 

 

 

 

 

तस्विर : महेश्वर मान सिंह