मान्छे जन्मिने वित्तिकै कोही पनि ग्याम्बलर बन्दैन, उसलाई समय र परिवेशले ग्याम्बलर बनाउँछ । यस्तै समय र परिवेशले बनाएको जुवाडेको कथालाई शनिबार साँझ राजधानीको होटल शंकरमा प्रदर्शन गरियो ।
फिल्मका मुख्य जुवाडे पात्र सुमन सिंह, नायिका कल्पना शाहीको साथमा निर्देशक रमेश बुढाथोकी, निर्माता यादव गुरूङ, संगीतकार शम्भुजित बाँस्कोटाको साथमा सिमित फिल्मकर्मी, सञ्चारकर्मी र उल्लेख्य मात्रामा बिजनेश पर्सनहरू माझ फिल्म 'ग्याम्बलर' देखाईएको हो । फिल्म हेरेपश्चात अधिकांशले उठाईएको कथाबस्तु समय सान्दर्भिक रहेको प्रतिक्रिया दिए ।
फिल्ममा अभिनेता सिंहले खराब लतमा लगेर जुवाडे बनेको भुमिका निर्वाह गरेका छन् । फिल्ममा सुमन र कल्पनाको साथमा राजेश हमाल, बिना बुढाथोकी, सोनिया केसी, दिपक क्षेत्री, सन्तोष पोखरेल लगायतको अभिनय रहेको छ । कसम फिल्ममा देखिएको राजेश र बिनाको जोडी लामो समयपछि ग्याम्बलरमा देखिएको हो । याक मुभिजको व्यानरमा बनेको यो फिल्म भाद्र ६ गतेबाट देशभर एकसाथ सार्वजनिक प्रदर्शनमा आउने छ ।







तस्विर : महेश्वर मान सिंह

