Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मुकेश र कल्पनाले खोले बिहे रहस्य

फिल्मीखबर, काठमाण्डौ, 2013/08/03

झण्डै एक बर्ष अगाडी नायिका कल्पना शाहीसँग बिबाह गरेका नायक मुकेश आचार्यले पहिलो पटक फिल्मीखबर मार्फत लुकाएको आफ्नो सम्बन्धलाई खोलेका छन् । शनिबार कल्पना अभिनित फिल्म 'ग्याम्बलर'को बिशेष शोमा जोडी बाँधिएर आएका मुकेशले बिबाह गरेको रहस्य खोलेका हुन् ।

 

'खासै हल्ला गर्न मन नभएर हामीले गोप्य राखेका थियौं,' मुकेशले भने- 'केहि समयपछि बिशेष समारोहका विच सार्वजनिक हुने सोच बनाएका थियौं, आज पहिलो पटक मुख खोलियो ।' आफूहरूको सम्बन्धलाई मिडियामा ल्याउन नचाहेकाले पनि गोप्य राखेको मुकेशको भनाई छ । 'अझै केहि समय गोप्य राख्ने सोच थियो तर तपाईंको अगाडी सकेनौं,' हँसिलो मुद्रामा फिल्मीखबरसँग कुरा गर्दै उनले थपे, 'उनी पनि खासै मिडियामा आउन चाहन्थिनन् ।'

 

मन परेपछि फिल्मसँगै रजतपटमा नायिकाको परिचय बनाएकी कल्पनाले आधा दर्जनको संख्यामा फिल्ममा अभिनय गरेकी छिन् भने मोडलिङ हुँदै फिल्ममा छिरेका मुकेशले पनि दर्जनको संख्यामा फिल्ममा अभिनय गरेका छन् । मुकेशले अभिनय गरेको बसमा छैन यो मन, विरासत, तिमी मात्र तिमी, म बिर्सुं कसरी, नाइ नभन्नु ल, कोहि त छ, सन्त्रास लगायतका फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म डफर्स रिलिजको तयारीमा छ ।

 

 

बिबाह पश्चात सार्वजनिक कार्यक्रममा खासै नदेखिने कल्पना अहिले निकै मोटाएकी छिन् । 'अब फिल्ममा खासै आउन मन गरेकी छैनन्,' मोटाएको प्रसंगमा मुकेशले भने- 'राम्रो स्क्रिप्ट आयो भने मात्र काम गर्छिन् होला ।' यस्तै नायिका शाहीले पनि तत्काल फिल्ममा आउने मनशाय नरहेको बताईन् । 'राम्रो स्क्रिप्ट आयो भने स्लिम भईहाल्छु नि, कल्पनाले हाँस्दै भनिन्- 'अहिले त खाने बस्ने काम भएको छ, त्यसैले मोटाउँदै गएकी छु ।'