अभिनेता आर्यन सिग्देल र अभिनेत्री बेनिशा हमाल शनिबार बिहान बाग्मती नदीको सफाई गरे । पवित्र नदीको रूपमा लिईने बाग्मती नदी दिनप्रतिदिन प्रदुषित हुँदै गएको अवस्थामा जनचेतना स्वरूप आर्यन र बेनिशा सफाई अभियानमा लागेका हुन् ।

श्रावण ३२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'महसुश' यो जोडीले यस्तो सामाजिक कार्य गर्न पाउँदा खुसी लागेको बताए । बाग्मती सफाई अभियानमा फिल्म निर्देशक नवल नेपाल र निर्माता कल्याण घिमिरेले पनि साथ दिए । 'फिल्मको पब्लिसिटी होस् भनेर मात्र नभई बाग्मती सफाई गर्नु हाम्रो दायित्व रहेकाले यो अभियानमा लागिएको हो,' निर्माता घिमिरेले भने ।

बाग्मती सफाई गर्न पुगेका आर्यन र बेनिशा त्यहाँ बाग्मती सफाई गर्न उपस्थित व्यक्तिहरू माझ केहि बेर घेरिएका थिए । फिल्मकी नायिका केकी अधिकारी भने बाग्मती सफाई अभियानमा देखिईनन् । 'बिहानै कलेज जानुपर्ने भएकाले उपस्थित हुन नसकेकी हुँ,' केकीले भनिन् । आर्यन, केकी र बेनिशाकोत्रिकोणात्मक प्रेमकथा रहेको महसुश निर्माण युनिटले यस किसिममा सामाजिक कार्य आगामी दिनमा पनि गर्दै जाने बताएको छ ।


