Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजनैतिक `संरक्षण` गर्दै झा

फिल्मीखबर, काठमाण्डौ, 2013/08/03

वर्तमान देशको राजनैतिक अवस्थालाई चित्रण गरेर 'संरक्षण' नामक फिल्म बन्ने भएको छ । ०६२/६३ सालको जन आन्दोलन पछिको नेपालको अवस्थालाई फिल्ममा उतार्ने जमर्को पुर्नेन्दु कुमार झाले गर्दैछन् ।

 

 

अपवाद र अफवा नामक सर्ट फिल्म निर्देशन गरेका कलेज अफ फिल्म स्टडिजका स्टुडेन्ट झाले पहिलो पटक फिचर फिल्म निर्देशन गर्न लागेका हुन् । 'मेरो फिल्मले ०६२/६३ सालको जनआन्दोलन पछि देशको अवस्था र भोलीका दिनमा राजनैतिक अवस्थाले देशमा पार्ने सम्भावनाको कथा भन्ने छ,' झाले भने- 'यो एउटा पोल्टिकल थ्रीलर फिल्म हो ।' फिल्म 'संरक्षण'लाई पुर्नेन्दु प्रोडक्सनले निर्माण गर्नेछ ।

 



 

संविधान सभाको चुनावी माहोल हेरेर फ्लोरमा जाने तयारी गरेका झाले भने- 'चुनाव हुने देखियो भने चैत्र भित्रमा सुटिङ सकिन्छ अन्यथा मंसिर भित्रमा सुटिङ सक्नेछौं ।' फिल्मको कथा आफैले लेखेको बताउने झाले कास्ट एण्ड क्रु भने सार्वजनिक गर्न चाहेनन् । 'हामीले अफिसियल्ली सबै कास्ट र क्रु सार्वजनिक गर्नेछौं,' झाले भने । आन्दोलनले बढि प्रभाव पारेको स्थानमा फिल्मको सुटिङ गर्ने उनको भनाई छ ।