कपडा खोल्ने, अश्लील र उच्छृंखल संवाद डेलीभर गर्ने, बेड तथा किस सिन दिने नेपाली नायिकाको कमी छैन । फिल्म पाउन र सस्तो चर्चा पाउने लोभले विशेषगरी रजतपटका संघर्षशील महिला पात्रहरु दर्शकले जिब्रो टोक्ने र आँखा चिम्लने दृश्य दिन संकोच मान्दैनन् ।
कथाको मागलाई सर्वोपरी ठान्ने कलाकारको त्यस्ता फिल्मले चलचित्र जाँच पास समिति (सेन्सर वोर्ड)बाट बालबालिकालाई हलसम्म जान निषेध गरिएका प्रमाण पत्र पाएका छन् । एडल्ट सर्टिफिकेट पाउने नायिका फिल्मी नगरीमा एडल्ड नायिकाका रुपमा चिनिएका छन् ।
पछिल्लो समय अभिनेता भुवन केसीकी प्रेमिका भनेर चिनिएकी नायिका जिया केसीको एटीएम फिल्मलाई सेन्सर वोर्डले एडल्ट सर्टिफिकेट दियो । पहिलो प्रदर्शनी रोक पछि पुर्नसम्पादन सहित एटीएम गत साताबाट प्रदर्शनमा आएको छ । जियाको अर्को फिल्म बर्बादलाई पनि सेन्सरले प्रदर्शनमा रोक लगाएको छ भने निर्देशक दिपक श्रेष्ठ रहेको फिल्म रङ वेलाई सेन्सरले प्रदर्शन अनुमती नदिने निश्चित रहेको अनुमान फिल्मी बजारमा छ ।
.jpg)
फिल्ममा लगाएको छोटा पहिरन, पुरुष पात्रसँगको अन्तरंङ दृश्य, अश्लील डायलग डेलिभरी लगायतलाई आधार मान्दै जियालाई एडल्ट नायिकामा राखिएको हो । जियासँगै एटीएमका सविना कार्की र सोनिया शर्मा पनि एडल्ट कलाकारमा परेका छन् । जिया पछि बिनिता बराल पनि एडल्ट नायिकामा काउन्ट हुन आउँछिन् । बिनिताको डेव्यु फिल्म चपली हाईटलाई सेन्सर वोर्डले एडल्ट सर्टिफिकेट दिएको थियो । बिनिताले लगाएको पहिरण, सेक्सी हाउ भाउ, आमिर गौतम र राज घिमिरेसँग उनले दिएको अन्तरंङ दृश्यका कारण बिनिताको चपली हाईट सेन्सरको नजरमा एडल्ट सर्टिफिकेटको लायक बन्यो ।
त्यस्तै बिनिताको दोस्रो फिल्म फुलस्टपलाई पनि अन्तरङ दृश्य र द्धन्द्धका कारण सेन्सर वोर्डले एडल्ट सर्टिफिकेट नै प्रदान गरेको थियो । नायिकामा सुस्मा कार्कीको गरम गरम दृश्य र द्धिअर्थी संवाद समावेश फिल्म बिन्दासलाई सेन्सर वोर्डले एडल्ट सर्टिफिकेट दिएको थियो । फिल्म मेरो जीवन साथीमा सुस्माले अभिनेता राजेश हमालसँग लामै चुम्वनको दृश्य दिएकी थिइन् ।
.jpg)
त्यस्तै धर्म परिवर्तन गरेर प्रधानबाट स्त्री बनेकी पूजना स्त्री पनि एडल्ट नायिकामा परेकी छिन् । पूजनाले वेड सिन दिएको फिल्म रक्षालाई सेन्सर वोर्डले एडल्ट सर्टिफिकेट दिएको थियो । नयाँ तर्फ फिल्म किन किनकी नेकेड गर्ल अरुणिमा लामा एडल्ट नायिकामा समावेश हुन आएकी छिन् । डेव्यू फिल्ममै अरुणिमाले अभिनेता राजेश हमालसँग आँखा चिम्लनु पर्ने दृश्य दिएकी छिन् । प्रदर्शनोमुख किन किनमा अरुणिमालाई अभिनेता हमालसँग चुम्वन र वेड सिनमा देख्न पाइनेछ ।
साप्ताहिक साभार

