Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

विकास र जीवनले खोले जानकीको घुम्टो

भोजराज कोईराला, महोत्तरी, 2013/08/01

महोत्तरीको र्दिवासमा रहेको जानकी चलचित्र मन्दिर विहिवार देखि संचालनमा आएको छ । झण्डै ५ महिना लगाएर स्तरन्नोती गरिएको जानकी हल विहिवार देखि संचालनमा आएको हो ।

 

करिव ३० लाख रुपैँया खर्च गरेर स्तरोन्नती गरिएको जानकी हलको उद्घाटन नायक जीवन लुईटेल र निर्देशक विकास आचार्यले गरे । हलको उद्घाटन गर्दै दुवै जनाले जानकी हल संचालनमा आएकोमा खुशी ब्यक्त गरे । जानकी हलले फिल्म रिदम चलाएको हुनाले उद्घाटन पनि रिदमका निर्देशक र नायकबाट गराएको हो । उद्घाटन शोमा निर्देशक आचार्य र नायक लुईटेल दर्शकसँगै सेर रिदम हेरेका थिए । हल उद्घाटनका लागि निर्देशक आचार्य र नायक लुईटेल बुधवार नै र्दिवास आएका थिए ।

 

बर्दिवासका पत्रकारसँग जिवनले के के भने ??

 

 

जानकी हलको उद्घाटन गर्न र्दिवास आइपुगेका नायक जीवन लुईटेलले स्थानीय संचारकर्मीहरुसँग झण्डै आधा घण्टा कुरा गरे । संचारकर्मीसँग भएको लामो छलफलमा उनले आफु एडल्ट फिल्म कहिल्यै पनि नखेल्ने घोषणा गरे । हाल सम्म सेक्स केन्द्रित फिल्म नखेलेको बताउँदै उनले आगामी दिनमा पनि त्यस्ता फिल्म नखेल्ने बता

 

दर्शकले आफुलाई लभ स्टोरी फिल्ममा नै हेर्न रुचाएकाले आफु दर्शकको चाहना विपरित सेक्समा केन्द्रित फिल्म खेल्न नसक्ने जीवनको भनाई थियो । धेरैजसो निर्माताले आफुलाई लभ स्टोरी फिल्ममा नै अफर गर्ने गरेको बताउँदै उनले भने- 'म दर्शकको चाहना मारेर सेक्स ओरेन्टीयड फिल्म खेल्न चाहन्न । बरु म एक्सन प्रधान फिल्म खेल्छु ।'

 

 

त्यस्तै जीवनले गणेश लामा र पर्शुराम वस्नेत डन नभएर असल मान्छे भएको बताएका छन् । जीवनको डनसँग निकटताको विषयमा संचारमाध्यमा आएको समाचारको विषयमा स्थानीय संचारकर्मीले राखेको जिज्ञासामा उनले गणेश लामा र पर्शुराम वस्नेत राजनीतिज्ञ र मिडियाको लागि डन भए पनि आफ्नो लागि असल मित्र रहेको बताए । पटक पटक जेल परेर छुटेका पर्शुरामलाई जीवनले विराटनगरको साथी रागणेश लामालाई काठमाण्डौँको साथी भने

 

देश नै राजनीतिमा अडिएको हुनाले सवैजनाले राजनीतिमा चासो राख्नु पर्ने बताएका जीवनले आफु भने अहिल्यै नै राजनीतिमा नलाग्ने बताए । नेपाली फिल्म कलाकार राजनीतिमा लाग्ने क्रम बढिरहेको प्रसंगमा संचारकर्मीले राखेको जिज्ञासामा जीवनले राष्ट्रको गहना मानिने कलाकारिता पेशा छोडेर फोहोरी खेल मानिने राजनीतिमा लाग्ने सोच अहिले आफुमा नरहेको स्पष्ट पारे ।

 

 

त्यस्तै जीवनले आफु नेपाली क्रिकेटको मात्र नभएर फुटलको पनि फ्यान भएको बताए । नेपाली क्रिकेटमा पारस खड्का र शक्ति गौचन आफुलाई मनपर्ने खेलाडी बताउँदै आएका जीवनले फुटलमा आफु सागर थापा र भरत खवासको फ्यान भको बताए । फिल्म खेले बापत आफुले लिने पारिश्रमिक बारे बताउन नचाहेका उनले आफु लिउड अभिनेता संजय दत्तको फ्यान भएको खुलेरै बताए । संजयलाई भेट्न आफु विराटनगरबाट मुम्ई सम्म पुगेको खिस्सा समेत उनले सुनाउन भ्याए ।

 

 

जीवनसँगै जानकी हलको उद्घाटन गर्न र्दिवास आइपुगेका रिदम निर्देशक विकास आचार्यले भने लभ स्टोरी फिल्म मात्रै निर्माण निर्देशन गर्नुको कारण बारे स्थानीय संचारकर्मीलाई स्पष्टीकरण दिनुपर्यो । संचारकर्मी माझ घेरिएका उनले आफु एकदमै धेरै लभ गर्ने र माया मन पराउने मान्छे भएको हुनाले लभ स्टोरी फिल्म मात्र बनाएको स्पष्टिकरण दिए । 'फेरी नाइ न भन्नु ल' फिल्म बनाउने तयारीमा रहेको बताउँदै उनले लभ स्टोरी फिल्म हिट हुने देखेर लभ स्टोरी फिल्म मात्र बनाएको उनले बताए ।