Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हँसाउने विल्सन `साईको`

फिल्मीखबर, काठमाण्डौ, 2013/07/28

अपकमिङ प्रोजेक्टले हाँस्य अभिनेता विल्सन विक्रम राईलाई भिन्न रुपमा परिचय गराउनेछ । यस अघिका फिचर फिल्ममा भन्दा वान वे र अधकट्टीमा विल्सनको भुमिका फरक हुनेछ ।

 

सुरज सुब्बा नाल्बोले निर्देशन गर्ने ग्याङस्टार फिल्म वान वेमा विल्सन एक साइको क्योरेक्टरको रुपमा देखिनेछन् । त्यस्तै सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गर्ने फिल्म अधकट्टीमा विल्सनको रोल सोझो र सरल ग्रामीण युवकको हुनेछ । टेलिश्रृङ्खला मेरी बास्सैका तक्मे बुढा विल्सन फिल्मको क्यारेक्टरलाई लिएर भन्छन्- 'दर्शकले मेरो दुवै फिल्मको रोल प्रति सद्भाव देखाउनु हुनेछ ।'

 

स्टेज देखी स्क्रिन सम्म हँसाउने विल्सन आफ्नो भिन्न भुमिकालाई दर्शकले मन पराउने विश्वास राख्छन् । 'म हरेक पात्रलाई जीवन्त गर्ने प्रयत्न गर्छु', आउने साता मलेसिया उड्ने तयारीमा रहेका विल्सन भन्छन्- 'आश छ दर्शक मेरो भुमिकाबाट सन्तुष्ट हुनुहुन्छ ।'

 

फिल्म प्रोड्यूसर, माई प्रमिश र सकस रिलिजको पर्खाइमा रहेका विल्सन भदौ दोस्रो साताबाट फिल्म वान वेको सुटिङमा व्यस्त हुनेछन् । राजकुमार राई निर्मित फिल्ममा रविन तामाङ, विपिन कार्की, सिद्धार्थ गुरुङ लगायतको अभिनय रहनेछ । प्रदीप कुमार उदयको फिल्म अधकट्टीको भने भदौको अन्तिम साता या असोजको पहिलो साताबाट सुटिङ सुरु हुने बताइएको छ । देश देखी विदेशसम्म हिट सोझो र साइको विल्सनलाई हेर्ने पर्खाइ भने लामै हुनेछ ।