Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.67/5.00)
Text size:-
+
-

म्युजिक स्टुडियोमा `नोभेम्बर रेन`

फिल्मीखबर, काठमाण्डौ, 2013/07/27

अभिनेता आर्यन सिग्देलले निर्माण गर्न लागेको फिल्म 'नोभेम्बर रेन'को राजधानीको बागबजार स्थित सिने जोन स्टुडियोमा सामान्य पूजाआजा सहित म्युजिकको काम शुरू भएको छ । शुक्रबारबाट म्युजिक इन्सर्टबाट काम थालनी गरिएको र केहि दिनमा गीत रेकर्डिङ हुने बताईएको छ ।

 

 

आइ एम सरी फिल्म निर्देशन गरेका दिनेश राउतले नोभेम्बर रेनलाई निर्देशन गर्नेछन् । सुवास गिरीको लगानी रहने यो फिल्ममा आर्यन सिग्देलले नम्रता श्रेष्ठसँग दोस्रो पटक अनस्क्रिन रोमान्स गर्ने करिब पक्का भएको छ । यसअघि मेरो एउटा साथी छ फिल्ममा देखिएको यो जोडीलाई नोभेम्बर रेनमा देख्न सकिने निर्देशक राउतले बताए । 'नम्रतासँग मौखिक फाईनल भएको छ । अब छिट्टै नै एग्रिमेन्ट गर्नेछौं,' निर्देशकले बताए ।

 

 

सुवास इन्टरटेनमेन्टसँगको साझेदारीमा आर्यनले निर्माण गर्न लागेको यो फिल्ममा संगीतकार ताराप्रकाश लिम्बु रहनेछन् भने फिल्मलाई राजेश श्रेष्ठले खिच्ने भएका छन् । विशुद्ध प्रेमकथामा आधारित 'नोभेम्वर रेन'को कथा छेतेन गुरूङले लेखेका हुन् । भाद्र १५ गतेबाट फ्लोरमा जाने बताईएको यो फिल्मको लोकेशन काठमाण्डौ र धरान हुने निर्देशक राउतले जानकारी गराए ।