Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

नेपाली फिल्मको खुद्रे व्यापार

फिल्मीखबर, काठमाण्डौ, 2013/07/26

नेपाली फिल्मको एक हप्ते व्यापार किराना पसलको भन्दा न्यून देखिएको छ । गत साता अल नेपाल प्रदर्शनमा आएको फिल्म दुई मुटु एक धड्कन र काठमाण्डौका पर्दामा मात्रै रिलिज भएको माई ब्रदरको व्यापारिक रिपोर्ट निराशको देखिएको हो ।

 

यी फिल्मका निर्माताले हप्ता दिनमा जम्मा दुई/दुई लाख सेयर हात पारेको वितरक बताउँछन् । नाम नखोल्ने सर्तमा एक वितरक भन्छन्- 'दुई फिल्मले गरेको व्यापार लज्जास्पद र निराशजनक छ ।' दुई मुटु एक धड्कन र माई ब्रदर कम्तीमा २५ लाख लगानीमा निर्माण भएका फिल्म हुन् ।

 

असार महिना यता कुनै पनि नेपाली फिल्मले उत्साहको व्यापार गर्न सकेका छैनन् । राम्रा फिल्मको प्रदर्शन अभावले दर्शक देखिएनन् भने लगातारको वर्षा र कम बिदाले पनि फिल्मको व्यापारमा प्रभाव पार्यो । असारमा खडेरी लागेको फिल्मी बजारले साउन महिनामा पनि उस्तै यात्रा गर्ने निश्चित छ । भदौ पछि भने फिल्मको व्यापारले गति लिने धेरैको विश्वास छ ।

 

आजबाट पुन: प्रदर्शनमा आएको फिल्म एटीएमको ओपनिङ कलेक्सन निराशको रह्यो । अश्लितालाई प्रश्रय दिइएको यो फिल्मको पहिलो प्रदर्शनमा सेन्सर वोर्डले रोक लगाएको थियो भने अहिले दर्शक नै हल तर्फको यात्रा अगाडी बढाउन हिच्किचाएका छन् ।