अभिनेत्री नन्दिता केसीले यौन आवश्यकता अस्वभाविक लाग्ने भन्दै आफ्नो पहिलो सेक्स श्रीमान प्रति समर्पित रहने भनाई सार्वजनिक गरेकी छिन् । उमेर अनुसार सेक्सुअल निडको कुरा आउँछ नि ? भन्ने साप्ताहिक पत्रिकाको जिज्ञासामा अविवाहित नन्दिताले भनेकी छिन्- 'मलाई त त्यस्तो भएन । यस्तो कुरा मलाई सानैदेखी अस्वभाविक लाग्थ्यो ।'
स्किन समस्याले ६ महिना जसो फिल्मको सुटबाट टाढै रहेकी नन्दिताले रिलेसनसिपमा रहन मन नपराउने समेत बताएकी छिन् । तपाई कसैसँग रिलेसनसिपमा हुनुहुन्छ रे ! भन्ने जिज्ञासामा नन्दिताले आश्चार्य मान्दै भनेकी छिन्- 'यो एकदमै गलत कुरा हो । म रिलेसनसिप भन्ने कुराबाट टाढा रहंदै आएकी छु ।' आफुलाई मन पराउने भए पनि अहिलेसम्म आफु कसैको प्रेममा नपरेको बताउँदै नन्दिता थप्छिन्- 'एकैपटक विवाह गर्ने र श्रीमानमै समर्पित रहने मेरो योजना छ ।'
आफ्नो बिहे बारे भने परिवारमा बहस सुरु हुन थालेको नन्दिताले साप्ताहिकलाई बताएकी छिन् । उनले अझै तीन वर्ष घरजम नगर्ने सोच बनाएकी छिन् । मिठो खाना पकाउने र फुर्सदमा कविता कोर्ने बानी बसालेकी नन्दिताले आफ्नो ड्रिम व्याय भने शाहरुख खान रहेको खुलाएकी छिन् । सुन्दरी नायिका नन्दिता जुलाईको अन्तिममा साँस्कृतिक कार्यक्रम लिएर युरोप भ्रमणमा निस्कंदै छिन् । नन्दिताले बोलेको कुरा कति सत्य छन् ? त्यो त उनीसँग संगत गर्नेलाई नै थाहा होला ।

