फिल्म 'छ एकान छ'मा खलपात्रको भुमिका निर्वाह गरेका अभिनेता राजवल्लभ कोइरालाले आफ्नो सुट सकाएका छन् । कवि हिरो बल्लभ एक सातासम्म फिल्मको सुटिङमा व्यस्त रहे । नेपालका हस्ती कमेडियनको बाहुल्यता रहेको 'छ एकान छ'को सम्पूर्ण सुटिङ भने यही महिनाको अन्त्यमा सम्पन्न हुनेछ ।
.jpg)
'मेरो अभिनय करिअरमा छ एकान छले नयाँ आयम थपेको छ,' आफ्नै लगानीमा निर्माण हुँदै गरेको फिल्म राघवको व्यस्त तालिका बनाउँदै गरेका राज भन्छन्- 'हाँस्य कलाकारितमा पोख्त कलाकारसँग काम गर्दा रमाइलो अनुभव रह्यो ।' पर्खि बसें डेव्यु राज छ एकान छमा खलपात्रको भुमिकामा दोस्रो पटक देखिएका हुन् । उनले यसअघि फिल्म वशमा छैन यो मनमा खलपात्रको रोल प्ले गरेका थिए । जुन पात्रबाट राजले दुई फरक अवार्ड समारोहमा उत्कृष्ट खलपात्रको अवार्ड उचालेको थिए ।
.jpg)
भिन्न भिन्न पात्रमा प्रस्तुत हुन रुचाउने राजवल्लभ २०१४ मा हलिउड फिल्ममा व्यस्त हुनेछन् । उनले केहि महिना अगाडी मात्रै फिल्म ऋतु र पहिलो हलिउड फिल्म हाइवे टु धुम्पुसको सुटिङ सकाएका छन् । दिनेश डिसीको निर्देशनमा निर्माण हुँदै गरेको छ एकान छमा राजसँगै दिपक राज गिरी, जितु नेपाल, शिवहरी पौडेल, केदार शर्मा, सिताराम कट्टेल, सन्दिप क्षेत्री लगायतको अभिनय छ । फिल्मलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् । निर्मल शर्मा 'गैंडा'को लगानी रहेको फिल्ममा दिपकराज गिरीको कथा र दिपाश्री निरौलाको सह-निर्देशन छ । दिपकको कथामा दिपा भने फिल्ममा अटेकी छैनन् ।

