Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 3.89/5.00)
Text size:-
+
-

मेघामा स्वर भर्दै नम्रता

फिल्मीखबर, काठमाण्डौ, 2013/07/25

सम्झना उप्रेती रौनियार निर्देशित पहिलो फिचर फिल्म मेघाको डविङ सुरु भएको छ । महाराजगञ्जस्थित रेड स्टुडियोमा अभिनेत्री नम्रता श्रेष्ठले फिल्मको स्वराङ्कन सुरु गरेकी हुन् ।

 

 

'अबको एक महिनामा फिल्म प्रदर्शनको लागी तयार हुनेछ', तर फिल्मलाई तत्काल प्रदर्शनमा नल्याइने स्क्रिप्ट राईटर समेत रहेकी निर्देशक रौनियारले बताएकी छिन् । मेघामा नम्रतासँग सिद्धार्थ कोइराला र रेमनदास श्रेष्ठको रोमान्सलाई देख्न सकिन्छ । मुम्बईमा रहेका सिद्धार्थ डविङका लागी नेपाल आउनेछन् । सिद्धार्थ हाल अभिनेत्री मनिषा कोइरालाको स्वास्थ्य स्याहारमा व्यस्त छन् । सिद्धार्थ मनिषाका भाई हुन् ।

 

 

मेघामा रामशरण उप्रेतीको क्यामेरा छ भने गोपाल योञ्जनको गीत संगीतलाई रि-रेकर्डिङ गरिएको छ । बनिश शाहद्धारा सम्पादित मेघाका कार्यकारी निर्माता विकास रौनियार हुन् । सबस्त इन्टरटेनमेन्ट प्रस्तुत मेघाको केही साता अघि टिजर आउट गरिएको थियो । प्रोमो, पोस्टर्स र फिल्मको गीत भने केही साता पछि एक औपचारिक कार्यक्रम गरि रिलिज गरिने बताइएको छ । मेघा ड्रामा, लभ र म्युजिकल फिल्म हो ।