Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

जन्मदिनमा कस्लाई महसुश गरिन् बेनिशाले ?

फिल्मीखबर, काठमाण्डौ, 2013/07/25

स्वर डेब्यू नायिका बेनिशा हमालका लागि आज स्पेसल दिन हो । २२ बसन्त पारेर गरेकी बेनिशा आजकै दिन चितवनको गितानगरमा जन्मेकी हुन् । यो बर्षको जन्मदिनसँगै बेनिशाको स्पेसल के छ त ? फिल्मीखबरसँग हर्षित मुद्रामा खुल्दै बेनिशाले भनिन्- 'आज मात्र हैन यो बर्ष नै मेरो लागि स्पेसल हुनेछ ।'

 

बिहानै मन्दिर गएर भगवानको दर्शन गरेकी बेनिशाको यो बर्ष प्रतिक्षित फिल्म 'महसुश' र 'मोक्ष' रिलिज हुनेछ । 'यि दुबै फिल्म मेरो करिअरका लागि निकै महत्वपूर्ण छ,' बेनिशाले भनिन्- 'यस बाहेक यहि बर्ष मैले तयार पारेको स्क्रिप्टमा फिल्म बन्ने सम्भावना पनि छ ।' यहि श्रावण ३२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'मससुश'को प्रचारप्रसारमा व्यस्त रहेकी बेनिशाले व्यक्तिगत कुरालाई भने खोल्न चाहिनन् ।

 

दर्शकले बुझ्न चाहने प्रेमका बारे बेनिशाले कसैलाई महसुश त गरेकी होलिन् नि ! 'फिल्मलाई दर्शकले कति सम्म मनपराउनु हुन्छ भन्ने कुरालाई महसुश गरिरहेकी छु,' बेनिशाले भनिन्- 'दर्शकको मायालाई नै मैले महसुश गरेकी छ । यसबाहेक अहिले कसैलाई पनि महसुश गरेकी छैन ।' बिहानै मम्मी र ड्याडीको पहिलो बर्थ डे विसले प्रफुल्लित बेनिशालाई फिल्मीखबरको तर्फबाट जन्मदिनको शुभकामना !