Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक रेग्मीलाई चलचित्र संघको एक लाख सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2013/07/25

दुवै मृगौला फेल भएका निर्देशक शिव रेग्मीको उपचारार्थ रकम संकलन हुने क्रम जारी छ । नेपाल चलचित्र संघले निर्देशक रेग्मी लाई एक लाख रुपैयाँ उपलब्ध गराएको छ ।

 

आज साउन १० गते चावाहिलस्थित ओम हस्पिटलमा पुगेर चलचित्र संघका पदाधिकारीले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्न संघका महासचिव प्रदीप उदय, उपमहासचिव मधुसुदन प्रधान, फिल्म प्रदर्शन सभापती नरेन्द्र महर्जन लगायतको टोली हस्पिटलमा पुगेको थियो । पैसा हस्तान्तरण सहित उपस्थित फिल्मकर्मीले रेग्मीको स्वास्थ्यलाभको कामना गरे ।

यसअघि चलचित्र विकास वोर्डले पाँच लाख रुपैयाँ र विदेशमा रहेका एक नेपालीले निर्देशक रेग्मीलाई पचास हजार नगद उपलब्ध गराएका थिए । निर्देशक रेग्मीलाई आफ्नै भाईले एउटा मृगौला प्रत्यारोपण गराउँदै छन् । प्रत्यारोपणको मिति आउने आइतबार टुङ्गो लाग्नेछ । निर्देशक रेग्मी एक समयका सफल निर्देशक हुन् । ए मेरो हजुर, सुख दु:ख, आफन्त र पछिल्लो पटक कहाँ भेटिएला निर्देशक रेग्मीका सुपरहिट फिल्म हुन् ।