Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पशु प्रेमी नम्रता

फिल्मीखबर, काठमाण्डौ, 2013/07/24

अन्तराल डेव्यु नायिका नम्रता सापकोटा पशु प्रेमी हुन् । फिल्म सिग्नेचर रिलिजको पर्खाइमा रहेकी नम्रताको कुकुर र बिरालो प्रति प्रेम गाढा छ । उनले घर र कार्यालयमा आठ वटा जनावर (कुकुर र बिरालो) पालेकी छिन् ।

 

 

पशु प्रेम बारे नम्रता भन्छिन्- 'म सानै देखी बिरालो पाल्न मन पराउँथे । कुकुर पाल्न थालेको केही वर्ष मात्रै भयो । मेरो साथी सर्कल नै पशु प्रेमी छ ।' नम्रताले अहिले ३ प्रजातीका कुकुरलाई पालिरहेकी छिन् । चार वटा जर्मनी सेफर, दुई वटा ल्याब्रो डोर र एक वटा ग्रेडिन । नम्रता सुनाउँछिन्- 'पग प्रजातीको पप्पी गिफ्ट आउनेवाला छ ।' उनले बिरालो भने एक जना वृद्धबाट उपहार पाएकी हुन् ।

 

 

घरमा पालिएका ३ वटा कुकुरलाई मासिक खर्च करिब ३० हजार माथि लाग्ने नम्रता बताउँछिन् । भन्छिन्- 'आफ्नो सन्तानलाई जति नै खर्च लागोस् कुनै हिसाब हुँदैन । यिनीहरुलाई चोट लाग्दा मलाई दुख्छ । त्यसैले यि मेरा सन्तान जस्तै हुन् ।' कुकुर बिरालोसँग गहिरो नाता जोडेकी नम्रता भविष्यमा अहिलेको संख्यालाई बढाउने सोचमा छिन् ।

 

 

नम्रताले पालेका कुकुर र बिरालो बेडमै पुग्छन् रे । म्यूजिक भिडियो र विज्ञापनमा बढि समय खर्चने नम्रता फुर्सदको समयमा कुकुरसँगै खेलेर समय काट्छिन् । नम्रताले अन्तराल पछि कुनै फिल्ममा साइन गरेकी छैनन् । स्क्रिप्ट अध्ययनमा व्यस्त नम्रता भन्छिन्- 'धेरैले कु्कुर र बिरालोलाई घृणा गर्छन् । तर, मलाई संसारको सबैभन्दा बढी माया नै कुकुर बिरालोको लाग्छ ।'