Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कति छन् सम्पादन कक्षमा फिल्म ?

फिल्मीखबर, काठमाण्डौ, 2013/07/24

फिल्म स्टुडियोमा हाल तीन दर्जन भन्दा बढी फिल्म सम्पादनको तिव्र चरणमा छन् । महाराजगञ्जस्थित रेड स्टुडियो, पुतली सडकको विजीवी र प्राईम स्टुडियोलाई फिल्मको सम्पादनमा भ्याई नभ्याई छ ।

 

रेड स्टुडियोमा हाल फिल्म काली, महसुश, गुड लक, नागरिक, आदी बाटो, मौन, जाउँ हिंड पोखरा र भिमदत्त सम्पादनमा व्यस्त छन् । करिब आधा दर्जन फिल्म सम्पादनको लाइनमा रहेको रेड स्टुडियो प्रमुख आकाश अधिकारी बताउँछन् । त्यस्तै पुतलीसडकको विजीवी.स्टुडियोमा फिल्म बितेका पल, पाप, मिस्टेक, एस्किडेन्ट, सकस, नागवेली, निशानी, चिनारी सहित ३ वटा भोजपुरी फिल्मको सम्पादन हुदैछ । विजीवीका प्रमुख विपिन मल्लका अनुसार बाँकी ४ वटा फिल्म सम्पादनको पर्खाइमा छन् ।

 

यस्तै पहिलो पटक थ्रीडी प्रबिधी भित्र्याएको अर्को व्यस्त स्टुडियो अश्लेशा इन्टरटेन्मेन्टमा आधा दर्जन फिल्म पोस्ट प्रोडक्सनमा छन् । अश्लेसाका सञ्चालक विश्व गौचनले दिएको जानकारी अनुसार अहिले देश खोज्दै जाँदा, झोले, मौन, कबड्डी, झोला र फिट्किरीको पोस्टको काम भईरहेको छ । पुतलीसडककै प्राइम स्टुडियोमा पनि आधा दर्जन फिल्मको सम्पादन हुँदैछ ।

 

 

नेपाली सम्पादन कक्षले व्यस्तता पाउन थालेको लामो समय भएको छैन । केही वर्ष अगाडी सम्म फिल्म सम्पादनको पहिलो रोजाई मुम्बई हुने गर्दथ्यो । तर पछिल्लो समय एकाध बाहेक हरेक नेपालीसँगै केही भोजपुरी फिल्मको समेत नेपाली स्टुडियोमा सम्पादनको तिव्रतामा छ । यि बाहेक राजधानीमा एक दर्जन भन्दा बढि स्टुडियो छन् जहाँ दर्जनौं फिल्मको सम्पादन सहित पोस्टका अन्य कामहरू धमाधम भईरहेको छ । राजधानीमा व्यस्त स्टुडियोको सुचिमा बागबजारको सिने जोन, अनामनगरको सफ्ट इमेज, सानो भर्‍याङको युनिभर्सल स्टुडियो, डिसिएन लगायतका पर्छन् ।

 

नेपालमा पहिलो पटक रेड क्यामेरा र त्यसकै पोस्ट प्रोडक्सन प्रबिधी भित्र्याएका आकाश अधिकारी भन्छन्- 'स्टुडियोमा फिल्मको चाप बढेको दुई वर्ष भयो । रेड प्रविधिको प्रवेश पछि फिल्मकर्मीलाई मुम्बई धाउनु पर्ने समस्या हल भएको छ ।' उनले होम प्रोडक्सनको फिल्म काठमाण्डूबाट नेपालमा रेड प्रविधिलाई प्रवेश गराएका थिए । विजीवीमा दुई वर्ष अगाडी पोष्टसँगै प्रि-प्रोडक्सनको सुविधा थप गरेपछि फिल्म सम्पादनमा व्यस्तता बढेको मल्ल बताउँछन् । उनी भन्छन्- 'स्टुडियोमा काम आउनु राम्रो हो । तर, समग्र फिल्म क्षेत्रको हितको लागी फिल्म राम्रो बन्नु आवश्यक छ ।'