Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

निर्देशक पिताको पथमा पुत्रहरु

फिल्मीखबर, काठमाण्डौ, 2013/07/24

निर्देशक सुरज सुब्बा नाल्बोका पुत्र युदिन नाल्बोले आफ्नो पिताको पथलाई पछ्याएका छन् । २१ बर्षिय युदिनले बुवाको सिको गर्दै लघु फिल्म निर्देशन गरेका छन् । युदिनले 'इनोशेन्ट टिङ्क्ट' नामक लघु फिल्मको निर्देशन गरेका हुन् ।

 

युदिनले यसअघि बुवासँग फिल्म सायदमा सह-निर्देशक भएर काम गरेका थिए । निर्देशक नाल्बो आफ्नो छोराको प्यासन बारे बोल्छन्- 'ऊ क्यामेरासँग खेल्न मन पराउँछ । चाँडै नै फिचर फिल्मको निर्देशनमा आउँदैछ ।' फिल्म निर्देशन सम्बन्धी सैद्धान्तिक ज्ञान सिक्न उनले छोरालाई अब्रोड स्टडिमा पठाउने योजना बनाउँछैन् । सुरज भन्छन्- 'फिल्म स्टडिको लागी उसको पहिलो टार्गेट युरोप हुनेछ ।'

 

निर्देशक नाल्बो कथा लेखन र फिल्म निर्देशन अब्बल दर्जाका निर्देशक मानिन्छन् । बाटो मुनिको फूल र सायदको सफलताले सुरजको निर्देशकिय करिअरलाई थप प्लस गरेको हो । फिल्म निर्देशनमा पिता जस्तै युदिन पनि अब्बल मानिएलान् ?

 

 

सुब्बासँगै निर्देशक नारायण पुरीका पुत्र संयम पुरीले पनि सर्ट फिल्म डाइरेक्सन गरेका छन् । संयमले निर्देशन गरेको सर्ट फिल्म 'एक कलाकारको कथा' हो । सायद डेव्यु संयमले परिस्थिति मिलेमा पिताको पेशालाई पछ्याउने बताउँदै आएका छन् । नारायण पुरी भने अहिले फिल्म निर्देशनमा निस्क्रिय छन् । त्यस्तै कलाकार अशोक शर्माका पुत्र अंकित पनि सर्ट फिल्म निर्देशकको रुपमा काउन्ट हुन्छन् । उनी पनि चाँडै नै फिचर फिल्म निर्देशनमा आउने बताइएको छ ।

 

 

नेपाली फिल्ममा भविष्य नदेख्ने र यस क्षेत्र प्रति वितृष्णा जगाउनेहरुको लागी युदिन, संयम र अंकित प्रेरणादायी बन्न सक्छन् । तर, उनीहरुको निर्देशकिय क्षमता कस्तो छ ? फिल्म हलमा आएपछि मात्रै थाहा हुनेछ ।