Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तीज गीतमा मुकेशले मर्काए कम्मर

फिल्मीखबर, काठमाण्डौ, 2013/07/22

फिल्मी कलाकारको लागी व्यस्त हुने गतिलो माध्यम लोक दोहोरी र म्युजिक भिडियो बन्दै छ । मन्दीको बजारमा फिल्म निर्माणमा निस्क्रिय देखाएपछि फिल्मी कलाकार त्यसतर्फ आकर्षित हुँदै गएका हुन् ।

 

 

पछिल्लो समय अभिनेता राजेश हमाल फिल्म कम र म्यूजिक भिडियोमा बढी व्यस्त हुन थालेका छन् । अभिनेता हमालले भर्खरै सुनिता दुलालको तीजको भिडियोमा कम्मर मर्काए । अब पालो अभिनेता मुकेश ढकालको । म्यूजिक भिडियो हुँदै फिचर फिल्ममा देखिएका मुकेशले पनि राजेशले जस्तै तीजको गीतमा कम्मर मर्काएका छन् ।

 

 

अभिनेत्री मेलिना मानन्धर पती मुकेशले साउन ७ गते सोमबार राजधानीको धापासीस्थित नेचर क्लबमा तीजको म्युजिक भिडियालाई सुट गराए । एक्सीडेन्ट र लफडा रिलिजको पर्खाइमा रहेका मुकेशलाई नाच्न साथ दिदै थिइन् मोडल अनिसा गुरुङ । प्रेम अर्याल र चन्दा अर्यालले स्वर दिएको उक्त तीज भिडियालाई शिव ढकालले निर्देशन गरेका हुन् ।