Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोस्टर टाँस्नुस् महसुश हेर्नुस् !

फिल्मीखबर, काठमाण्डौ, 2013/07/22

यहि श्रावण ३२ गतेबाट प्रदर्शनमा आउन लागेको लभस्टोरी फिल्म 'महसुश'ले पब्लिसिटीको नयाँ फन्डा ल्याएको छ । पब्लिसिटी डिजाईनमा व्यस्त रहेकी आशिका श्रेष्ठका अनुसार महसुशको पोस्टर टाँस्ने व्यक्तिलाई फिल्म हेर्दा ५० प्रतिशत छुट दिईनेछ ।

 

'बुधबारबाट शहरको भाडाका गाडीहरूमा फिल्मको स्टिकर टाँस्ने कार्यक्रम छ,' आशिकाले भनिन्- 'जस्ले आफ्नो गाडीमा स्टिकर टाँस्छ उस्लाई हामी ५० % छुटको टिकट दिनेछौं ।' यस्तै फिल्म युनिटले उपलब्ध गराउने टिकटबाट तीन जना भाग्यशाली बिजेतालाई ४५ हजार रूपैंया सम्मको नगद उपहार पनि प्रदान गरिने भएको छ । बालाजु स्थित नयाँ बसपार्कमा फिल्मका कलाकारहरूले पोस्टर टाँस्ने कार्यक्रमको शुरूवात गर्ने बताईएको छ ।

 

 

तनहुँको दमौलीमा च्यारिटी गरेर राम्रो प्रतिक्रिया पाएका फिल्म निर्माता कल्याण घिमिरेले छिट्टै नै देशका अन्य स्थानमा पनि च्यारिटी गर्ने बताए । यस्तै उनले फिल्म रिलिज पूर्व ग्राण्ड प्रिमियरको तयारी समेत गरेको जानकारी दिए । फिल्मका प्रोमोहरू सञ्चारमाध्यमसँगै अहिले राजधानीका साझा यातायातमा पनि बजिरहेको निर्माता कल्याण बताउँछन् । 'सम्पूर्ण दर्शकमाझ पुगोस् भनेर नै यस किसिमको पब्लिसिटी गरिएको हो,' कल्याणले भने ।

 

 

आर्यन सिग्देल, केकी अधिकारी र वेनिशा हमालको त्रिकोणात्मक प्रेमकथा रहेको महसुशमा निर शाह, मिथिला शर्मा, रश्मि भट्टको पनि मुख्य भुमिका रहेको छ । नवल नेपालले निर्देशन गरेको महसुश फिल्ममा दिव्यराज सुवेदीको छायांकन, बद्री लामिछानेको सम्पादन तथा सुरेश अधिकारीको संगीत रहेको छ ।