मुम्बईमा स्वास्थ्य लाभ गरिरहेकी अभिनेत्री मनिषा कोइरालका फरक तस्बिर सार्वजनिक हुने क्रम जारी छ । फेसबुक र ट्वीटर मार्फत नेपाली चेली कोइरालाले आफ्नो नयाँ अवतार आउट गरिरहेकी छिन् ।
केही समय अघि मात्रै मनिषाले ट्वीटरमा भिन्न लुक्सका तस्बिर अपलोड गरेकी छिन् । जहाँ मनिषालाई परिवारका सदस्यसँग देख्न सकिन्छ । उनी पिता प्रकाश र अन्य परिवारका सदस्यसँग प्रस्तुत भएकी छिन् । साथमा उनी स्वयम्ले पनि आफ्नो तस्बिर क्लिक गरेकी छिन् । स्वास्थ्य लाभको कामना सहित उनले घरमा पूजा समेत गरेकी छिन् ।
आफ्नो बुवालाई हिरोको संज्ञा दिएकी मनिषाले ट्वीटरमा तस्बिर राख्दै मेरो नयाँ अवतार भनी लेखेकी छिन् । एक समय भारतीकी चर्चित अभिनेत्री मनिषाको तस्बिर हेर्दा लाग्छ उनले साँच्चै नयाँ अवतार पाएकी छिन् ।

.jpg)




तस्विर सौजन्य : मनिषाको ट्वीटर

