पूर्व पत्नी रेखा थापाले फिल्म कालीको स्लोली स्लोली...बोलको गीत रिलिज गरेको एक हप्ता नबित्दै निर्माता छविराज ओझाले पनि फिल्म लोफरको डिस्को सङ आउट गरेका छन् ।
'ओखरे साइँला ओखरे साइँली..' बोलको डिस्को गीतलाई निर्माता ओझाले लोफरको फेसबुक फ्यान पेजबाट आउट गरेका हुन् । गीतको भिडियोमा दयाह्याङ राई, सुशिल राज पाण्डे, कमलमणी नेपाल र साथमा आर्यन सिग्देल हाइलाइट भएका छन् । आदित्य विक्रम लम्साल निर्देशित फिल्मको डिस्को गीतमा पनि उनकै निर्देशन छ ।
लोफर असोज २५ फुलपातीको अवसर पारेर अल नेपाल रिलिज हुँदैछ । सोही मितिमा अभिनेत्री रेखा थापाको फिल्म काली पनि रिलिज अल नेपालबाट रिलिज हुँदैछ । रेखा र छवि बिचको हल भिडन्त कस्को पक्षमा हुन्छ ? चासो र चर्चाको विषय हुनेछ ।

