Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

झा दम्पतीको सहयोगी हात, प्रधानमन्त्री भेट पछि भारत उड्दै

फिल्मीखबर, काठमाण्डौ, 2013/07/22

गायक उदित नारायण झा र पत्नी दिपा झाले मातृभूमी प्रति सहयोगी हात बढाएका छन् । बाह्र वर्ष पछि टेकेको अवसरमा झा दम्पतीले चलचित्रकर्मी कल्याण कोषलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने वचन दिएका छन् ।

 

निर्वाचन सरकार प्रमुख खिलराज रेग्मीसँगको भेटघाटका क्रममा झा दम्पतीले ५ लाख रकम चलचित्रकर्मी कल्याणकारी कोषलाई दिने भएका हुन् । झा दम्पतीले रकम उपलब्ध गराउने बारे कल्याणकारी कोष संयोजक बसुन्धरा भुषालले भनिन्- 'चलचित्रकर्मी कल्याणकारी कोषलाई पाँच लाख रुपैयाँ दिने वाचा गर्नुभएको छ । कोषको खातामा केही दिनमै रकम जम्मा हुनेछ ।'

 

निर्वाचन प्रमुख अध्यक्ष रेग्मीले समेत कल्याणकारी कोषलाई सहयोग गर्ने बारे समय व्यवस्थापन गरेर भेटघाटमा बोलाएको संयोजक भुषालले बताईन् । १२ वर्ष अघि कलाकार भुषालको संयोजकत्वमा गठन भएको कल्याणकारी कोषको अचल खातामा हाल ३ करोड ४० लाख रुपैयाँ छ । कल्याणकारी कोषको अचल रकमको निश्चित ब्याजबाट कलाकर्मीको स्वास्थ्य उपचारमा खर्च गरिन्छ । भर्खरै मात्र कल्याणकारी कोषले दुवै किड्नी फेल भएका निर्देशक शिव रेग्मीलाई ५ लाख र सगरमाथाको सफल आरोहण पश्चात दुवै खुट्टाको औला गुमाएका अभिनेता अर्जुन कार्कीलाई २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।


पशुपतीको भ्रमण र देश प्रमुखसँगको भेटपछि आज उड्दै झा दम्पती


एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा प्रमुख अतिथि बनेर नेपाल आएका उदित र पत्नी दिपाले राष्ट्रपती रामवरण यादव र निर्वाचन सरकारका प्रमुख खिलराज रेग्मीसँग भेटघाट गरेका छन् । झा दम्पती सहित अन्य विदेशी पाहुन र एनएफडिसी अवार्ड विजेता टोलीले हिजो राष्ट्रपतीलाई भेट गरेको थियो । सोही टोलीले आज बिहान (साउन ७ गते) आठ बजे रेग्मी अध्यक्ष निवास बालुवाटार पुगेको थियो ।

 

हिजो पशुपतीको भ्रमण गरेका उदित दम्पती आज (साउन ७ गते) मुम्बई ब्याक हुँदैछन् । राजा बिरेन्द्र शाह परिवारको दुःखद देहवसानले १२ बर्षसम्म मुम्बइमै रोकिएका झा दम्पतीलाई पशुपतीनाथको भ्रमण र देश प्रमुखसँगको भेटभाटले शितला प्रदान गरेपनि एनएफडिसीको ७ घण्टे लामो अवार्ड कार्यक्रमले भने पक्कै पनि उकुसमुकु बनाएको हुनुपर्छ ।